नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले मंगलबार (आज) सदरमुकाम तौलिहवामा विरोध प्रदर्शन गरेको छ ।जिल्लाका विभिन्न स्थानबाट आएका नेकपाका कार्यकर्ताले ओली सरकारले असंबैधानिक तवरले संसद विघटन गरेको भन्दै चर्को नाराबाजी गरेका छन् । प्रतिगमन विरुद्ध संघर्ष गरौं, तानाशाही प्रवृत्ती बन्द गर, संसद विघटन खारेज गर जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर ओली सरकार विरुद्ध नेकपाका नेता तथा कार्यकर्ताले सडक आन्दोलन गरेका हुन् ।
बुद्धप्दम माविको मैदानबाट निस्किएको नाराबाजीसहितको जुलुस तौलिहवाका विभिन्न स्थान परिक्रममा गरी जिल्ला प्रशासन कार्यालय अगाडीको प्राङ्गणमा आएर कोणसभामा परिणत भएको थियो ।सभामा सम्बोधन गर्दै नेकपाका प्रदेश सचिव जग प्रसाद शर्मा ‘अपार’ले ओली सरकार तानाशाही प्रवृत्तीको दिशामा अगाडि बढेको भन्दै यसको विरुद्धमा आन्दोलन गरिएको बताउनुभयो । ओली सरकारले संविधान विपरित काम गरेर नेपाली जनतामाझ गम्भीर घात गरेको भन्दै अब सडक संघर्षबाट त्यसलाई पराजय गर्ने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा नेकपा केन्द्रिय सदस्य गिरीधारलाल न्यौपाने, प्रदेश सांसद विष्णु पन्थी, पार्टी जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’ लगायतले सम्बोधन गर्नुभएको थियो ।