प्रदेश इन्चार्जबाट पोखरेल र गुरुङलाई हटाइयो

काठमाडौं।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षले लुम्बिनी र गण्डकी प्रदेशको इन्चार्ज हटाउने निर्णय गरेको छ। सोमबार बसेको प्रचण्ड-नेपाल पक्षको स्थायी समिति बैठकले लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई हटाउने निर्णय गरेको हो । पोखरेल र गुरुङ सम्बन्धित प्रदेशको मुख्यमन्त्री समेत हुन् ।पोखरेल र गुरुङको ठाउँमा स्थायी समिति सदस्य युवराज ज्ञवाली र देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिए ।त्यस्तै गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ ।गुरुङका अनुसार प्रदेश कमिटी सदस्य गोविन्द नेपालीलाई हटाएर श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ।संसद विघटनपछि नेकपा विभाजित हुँदा एक पक्षले अर्को पक्षलाई जिम्मेवारीबाट हटाउँदै आएको छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation