कपिलवस्तु २३ पुस । कोहिपनि ब्यक्ति खान नपाएर भोकभोकै बसेमा उसलाई खाद्य अधिकार ग्यारेण्टी गर्ने काम कानुनत स्थानीय तहको जिम्मामा छ भनेर सप्रमाण अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) कपिलवस्तुले दावि गरेपछि कपिलवस्तुका स्थानीय तहहरु झस्किन पुगेका छन् । कोहि भोकै मर्दैनन् कसैलाई भोकै बस्नु पर्दैन भन्ने प्रधानमन्त्री केपि ओलीको सन्देश सुनेर हास्यास्पद ठान्नेहरुलाई इन्सेकले खाद्य अधिकार ग्यारेण्टी गर्न स्थानीयतहमा संयन्त्र बनाएर कार्यान्वयन गर्नु पर्ने ब्यवस्था स्मरण गराएकोहो ।
इन्सेककोे आयोजना र मानवअधिकार समुह बाणगंगाको समन्वयमा वुधवार बाणगंगामा आयोजना गरेको खाद्य अधिकारको अवस्था विषयक अन्तरकृयामा यस्तो विवरण पेश गरिएको छ । कार्यक्रममा बाणगगा नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा न ५का वडाअध्यक्ष भिष्मराज भुसालले इन्सेकले संचालन गरेका कार्यक्रमले जिम्मेवार निकायलाई जवाफदेही बनाएको बताउनु भएको छ ।
नागरिकको आधारभुत आवश्यकता भनेको शिक्षा, स्वास्थ्य आवास र खाद्य अधिकार भएकोले ति समस्या रहुन्जेल नगरपालिका सम्मृद्धि हुन नसक्ने भन्दै त्यतातिर नगरपालिको ध्यान दिनु पर्नेमा आफुलाई महसुस भएको उहाँले बताउनु भएको छ । जवसम्म चुुहीने छाना, पोसिलो खाना ,स्वास्थ्य र शिक्षा नागरिकले पाएको महसुस गर्दैनन् तव सम्म सम्बृद्ध नगरपालिका नहुने भन्दै आफुले शिक्षा, स्वास्थ्य खाद्य र आवास सम्बन्धी कार्यक्रममा बजेट बृद्धि गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
नगरपालिकाको ध्यान सडक, पुल पुलेसामा दिने गरेको भए पनि सामाजिक रुपमा परिवर्तन नहुदा सम्म विकासको अनुभुती जनताले नगर्ने बताउनु भएको छ । आफुले आगामी दिनमा बजेट बनाउदा कृषि तथा खाद्य अधिकारका विषयमा पनि ध्यान दिने बताउनु भयो ।
उहाँले आवासको अधिकारलाई महसुस गरि खरका छाना मुक्त वडा घोषणा गरि काम शुरुवाँत गरेको बताउनु भयो । सो अनुसार गत वर्ष २० घर निमार्ण गरिएकोमा यस वर्ष दलित तथा गरिवका २५ घर बनाइदिने बताउनु भएको छ । वडा अध्यक्ष भुसालले नगरपालिकाले दशै तिहारमा मात्र बजार अनुगमन गरेर मात्र दाइत्व पुरा नहुने भन्दै नागरिक र ब्यापारीलाई अनुभुति हुने गरि नियमित बजार अनुगमन गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । यसै गरि कृषि शाखा अधिकृत सन्तोष कुमार भुसालले इन्सेकले समय समयमा उठान गराएका खाद्य सम्बन्धी सवालमा नगरपालिकाले पनि ध्यान गएको बताउदै कृषिमा विगतको भन्दा बजेटबृद्धि भएको बताउनु भयो ।
कृषि शाखाले किसानहरुको मागका आधारमा बजेट बनाउने गरेको भन्दै पारदर्शी रुपमा राज्यले दिने सेवासुविधा उपलब्ध गराएको बताउनु भयो । अधिकृत भुषालले मौलिकहक अधिकार तथा कानुनमा भएका प्रावधानका विषयमा नागरिकलाई सचेतना बनाउनुका साथै समस्या उठान गर्ने कार्यले कृषि शाखाले आगामी दिनमा योजना तर्जुमा गर्नमा सहयोग पुग्ने बताउनु भएको छ ।
कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाईले इन्सेको अगुवाईमा खाद्य अधिकारका विषयमा आम नागरिकलाई सचेतना जगाउनु पर्ने भन्दै अधिकारका वारेका गाँउगाउमा अन्तरकृया राख्नु पर्ने सुझाव दिनु भयो ।उपभोक्ताहित संरक्षण मञ्चका सचिव राजेन्द्र विक्रम शाहले उपभोक्ता पनि स्वय सचेत हुनु पर्ने बताउनु भयो ।
यस्तै मानवअधिकार समुह बाणगगाका पुर्व अध्यक्ष तथा सल्लाहकार रोमकान्त घिमिरेले राज्यले बनाएका ऐन, कानुन र नितिलाई ब्यावहारमा कार्यान्वय गर्न सकेमात्र उपभोक्ताहरुको अधिकार पाप्त गर्ने बताउनु भएको छ । यस्तै सिदार्थ क्याम्पसका प्रमुख खेमराज शर्माले सरकारको निति सहि नहुदा उपभोक्ताहले अखाद्यबस्तु प्रयोग गर्न बाध्य रहेको बताउनु भयो ।पत्रकार महासंघ शाखा उपाध्यक्ष पार्वती पाण्डेले नागरिकलाई खाद्य अधिकार सुनिश्चतताको सवालका साथै संविधानमा भएको मौलिकहक र कानुनहरु, अन्तराष्ट्रिय संन्धि सम्झौता र बाणगंगा नगरपालिकामा रहेका समस्या र समाधानका उपाय लगाएतका विषयमा आधारपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम मानवअधिकार समुहका अध्यक्ष इन्दिरा भट्टराईको अध्यक्षता इन्सेक प्रतिनिधि पार्वती आचार्यको स्वागत र मानवअधिकार समुहका सचिव मधु पाण्डेको संचालनमा भएको थियो । कार्यक्रमको उद्देश्य तथा इन्सेकले संचालन गर्ने कार्यक्रमका विषयमा इन्सेक सहजकर्ता नन्दराम पौडेलले प्रकास पार्नु भएको थियो ।