अर्घाखाँचीमा बस दुर्घटनाः सबै घाईतेको नामावलीसहित

अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । शितगंगा १३ सिमलपानीको छेडाबाट कपिलवस्तुको बैरिया जाँदै गरेको लु १ ख ७८१४ नम्बरको यात्रु बाहक बस सिमलपानी छेडा बजारदेखी डेढ किलोमिटर माँझ गाउँ नजिकै दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा अर्घाखाँची शितगंगा १३ का २१ बर्षीय नेत्र बहादुर बिसी, सोही ठाँउका ६० बर्षीया दिलसरी बिसी, २० बर्षीय निरज बिसी, ३८ बर्षीय दधिराम बिसी, २५ बर्षीय बाबुराम बिसी, ५७ बर्षीय शेर बहादुर भाटक्षेत्री घाईते रहनुभएको छ ।यस्तै शितगंगा १४ बौरीका २० बर्षीया अनिता न्यौपाने र उहाँको २ बर्षीया छोरी आयुषा न्यौपाने घाईते भएका हुनुभएको छ ।

यस्तै दुर्घटनामा परी बाँके जिल्ला राप्तीसोनारी गाउँपालिका ५ का ५५ बर्षीय मनभर थारू, सोही ठाउँका २१ बर्षीय गोबिन्द प्रसाद भुजुवा, २० बर्षीय संजय चौधरी, ३५ बर्षीय टेक बहादुर बुढामगर र २९ बर्षीय जुमन चौधरी घाईते भएको सिमलपानी प्रहरी ईन्चार्ज टेक बहादुर ठाडामगरले बताउनुभयो ।ओरालो सडकमा एक्कासी ब्रेक फेल भई अनियन्त्रित हुदा सडकबाट करिव २० मिटर तल खसि दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईते १३ जनालाई थप उपचारका लागि भैरहवा मेडिकल लगिएको छ । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation