कपिलवस्तुमा विप्लब बन्दको प्रभाव, कार्यकर्ताले चन्द्रौटामा ट्रक जलाए

नेकपा बिप्लव समुहले गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा विहानैबट परेको छ । केन्द्रिय सचिवालय सदस्य, कञ्चन ब्यूरो सदस्य विवेक र विशाललाई गिरफतार गरिएकाले तुरुन्त रिहाइको माग गर्दै विप्लव समुहले बन्द आह्वान गरेको हो । ३ , ५ र ७ माघमा देशब्यपाी प्रदर्शन गरी हिजो मसाल जुलुश गरेको माओवादीले आज बन्द आह्वान गरेपछि देशभर यसको आंसिक र पूर्ण प्रभाव परेको छ ।

विहानैबाट कपिलवस्तुमा विद्यालय, बजार, उद्योगधन्दा खुलेका छैनन् भने सडकमा सवारीको आवतजावत पनि त्यति छैन । फाट्टफुट्ट् मात्र मोटरसाइकल चलेका छन् । जिल्लाका चार नम्बर, तौलिहवा, कृष्णनग, चन्द्रौटा, गोरुसिंगे, शिवगढी लगयतका क्षेत्रमा बन्द गर्न विप्लव नेताकार्यकर्ता लुकेर बसेका बताइएको छ ।

बन्द गर्न बसेका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको चन्द्रौटामा विहानै एक ट्रकमाथि आगजनी गरेका छन् । आगजनीबाट ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ । त्यसपछि कपिलवस्तुमा यसको प्रभाव बढी देखिएको छ ।

काठमाण्डौँ उपत्यका लगायतमा यसको प्रभाव त्यति छैन भने बाहिर भने प्रभाव परेको खबर छ । सुरक्षाको लागि बिभिन्न स्थानमा बाक्लो संख्यामा सुरक्षाकर्मी पनि परिचालन भएका छन् । बन्द काुननविपरित भएकाले जसरी पनि सुरक्षा प्रदान गरिने भन्दै प्रहरीले निर्बाध रुपमा पसल, ब्यवसाय, शैक्षिक संस्था, उद्योगधन्दा खोल्न आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation