बुटवलबाट तरकारी ल्याएर वाणगंगाका व्यापारीलाई बेच्दै व्यवसायी

कपिलवस्तु,

सरकारले मुलुकमा लगाएको लक डाउनको आइतबार छैठौं दिन पुगेको छ । विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड-१९) को जोखिम कम गर्न सरकारले गएको मंगलबारदेखि मुलुकभर लक डाउन लगाएको थियो ।
लक डाउन लागेसंगै सर्वसाधारणलाई दैनिक उपभोग्य बस्तु किनमेल गर्न असहज भैरहेको बेला बुटवलबाट तरकारी ल्याएर व्यापारीले वाणगंगाका तरकारीका थोक पसलमा बेच्न थालेका छन् । वाणगंगाका चारनम्बर, बोडगाउँ, बनगाई, पिपरा लगायतमा रहेको तरकारी पसलमा बुटवलबाट तरकारी ल्याएर बेच्न थालिएको हो ।
आइतबार विहान ५० हजार मूल्य बराबरको तरकारी वाणगंगा भित्रिएको टुकराज भुसालले बताउनुभयो ।
जिल्लामा व्यवसायीक तरकारी खेती कम मात्रामा हुँदा बाहिरी जिल्लाबाट निर्यात गर्नुपर्ने बाध्यता छ । यो बेला तरकारी तथा फलफूल पसलमा सामान प्रयाप्त नहुँदा सेवाग्राही मर्कामा पर्दै आएको व्यवसायी बताउँछन । सरकारले विहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म दैनिक उपभोग्यबस्तु वितरण गर्ने पसल सञ्चालन गर्न दिएको छ । सोही अनुसार आइतबार बुटवलबाट तरकारी तथा फूलफूल वाणगंगा भित्रिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation