सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका एक पुरुषले बन्चरोले हिर्काएर श्रीमतीको हत्या गरेका छन्।हरिहरिपुरगढी गाउँपालिका –१ चिसापानीका ४० वर्षीय शेर बहादुर बुजुले ३६ वर्षीया आफ्नै श्रीमती राममाया घलानलाई बन्चरोको पासोले टाउकोमा प्रहार गरी हत्या गरेका हुन्।शुक्रबार श्रीमानको बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी घलानको जिल्ला अस्पताल हेटौडा मकवानपुरमा उपचारको क्रममा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिए।श्रीमतीलाई बन्चरो प्रहार गरी घाइते बनाएपछि श्रीमान फरार रहेकाले उनको खोजीकार्य भइरहेको उनले बताए।