प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न ओली दाङ जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको देउखुरी जाँदैछन्।  पुल उद्घाटन र जनसभालाई सम्बोधन गर्न ओली दाङ जान लागेका हुन्। प्रधानमन्त्री ओलीले बिहान ११ बजे सिसहनियाँ–महादेवा जोड्ने पक्की पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि लालमटीयामा हुने आफूपक्षीय जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।   तत्कालिन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले शिलान्यास गरेको पुल निमार्ण सम्पन्न भएपछि आज प्रधानमन्त्री ओलिले उद्घाटन गर्न लागेका हुन्।यसैबिच प्रधानमन्त्री दाङ जाने कार्यक्रम तय भएपछि हिजो नेकपाको प्रचण्ड–माधव समुहले प्रधानमन्त्रीको विरोधमा मसाल जुलुस निकालेको थियो। उक्त समूहले आज पनि विरोध प्रदर्शन गर्ने तयारी गरेको छ। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation