अमेरिकामा नेपाली विद्यार्थी हराए

बस्टन (अमेरिका) : न्यू जर्सी राज्यमा पढ्दै आएका नेपाली विद्यार्थी अजय साह हराएका छन्।म्याडिसनस्थित ड्रयू युनिभर्सिटीको जुनियर विद्यार्थी साह गत ५ दिनदेखि हराइरहेका परिवारले जानकारी दिएको छ।हराउनुअघि छालाको कालो ज्याकेट र टाउको छोप्ने खैरो हुडी लगाएका साह ५ फिट ७ इन्च अग्ला छन्। उनका आँखा र कपाल श्याम वर्णको रहेको बताइएको छ।परिवारले उनी न्यूयोर्क जाने टिकट काट्दै गरेको अवस्थामा अन्तिमपटक देखिएका विश्वास गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation