गरिब नागरिकलाई भोकै नराखौ : साँसद कमाल

संघिय साँसद अतहर कमाल मुसलमानले कोरोना संक्रमण रोक्न गरिएको लकडाउनले अति गरिब समस्यामा परेकाले समयमै सजग हुन आवश्यक रहेको बताएका छन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका साँसद कमालले बुटवल टुडेकर्मी सँगको कुराकानीमा कोरोना भाईरसको संक्रमण रोक्नका लागी लकडाउन आवश्यक रहेको भए पनि मेहनत मजदुरी गरेर दैनिक जिवन यापन गर्नेका समस्या समाधानमा कुनै योजना नबनेको बताए । “कोरोना संक्रमणको पिरलो सगै कोही भोकै पेट मर्ने हुन कि भन्ने चिन्ता लाग्न थालेको छ ।”


घरमै लकडाउनको पुर्ण पालना गरेका साँसद कमालले भने । अब सामाजिक सञ्जालमा प्रचार खोज्ने उदेश्यको भन्दा पनि दैनिक मजदुरी गरेर खाने श्रमिकका लागी खाधान्न उपलब्ध गराई भोकै बस्नु पर्ने बाध्यता निराकरणको आवश्कयता दर्शाए । उनले मेहनत मजदुरी गरेर दैनिक गुजारा गर्ने गरिब र बिपन्नलाई लकडाउनको पाँच दिन धान्न धौ धौ परेको अनुभुती गरेको बताए । “लकडाउनको अवधी थपिने निश्चित जस्तै छ । अब थपिएको समयमा गरिबहरु कोरोना भन्दा पनि खान नपाएर मर्ने अवस्था छ । हामी सबै यो बिषयमा जिम्मेबार हुन आवश्यक छ ।” उनले गम्भिरताका साथ भने । दैनिक ज्याला गरेर परिवार पाल्ने गरिबहरुलाई भोको पेट बस्नु पर्ने समस्या समाधान गर्न आफुले स्थानिय प्रशासन सँग समन्वय बैठक राख्न अनुरोध गर्दै आएको साँसद कमालले जनाए । उनले बिश्वास दिलाउदै भने “प्रशासनको पहलमा जिम्मेबार व्यक्ति उपस्थित गराएर लङ्ग डिस्टेन्स बाटै बैठक गरौं । स्थानिय प्रशासनले निती र कार्यक्रम बनाओस । हामी सहयोग जुटाउने कार्य गर्न तत्पर रहने छौ ।” । गरिबलाई लक डाउनको अवधीमा चामल, दाल र नुन जस्ता अति आवश्यकिय सामाग्री दिन सकिए पनि उनीहरु भोकै बस्नु पर्ने अवस्था नरहने उनले दावी गरे ।

समाजमा कोरोना बारे सचेतना प्रवाहको कार्य धेरै अघि बढेको बताउदै अब अति गरिबलाई खाद्यान्न व्यवस्था गरेर जिवन यापनको सुनिश्चितता गराउनु अवस्था आएको उनको भनाई छ । कमालले भने “सचेतना प्रवाह ग¥यौं । अब गरिबको पेट भर्ने उपायको खोजीमा लागौं । गरिब कोरोनाबाट बाच्ला तर भोको पेट बाच्नै सक्दैन” । निर्वाचनका बेला लाखौं खर्च गर्न सक्नेहरुले यस्तै दुखःका बेला जनताको सहयोग गर्न आवश्यक रहेको उनले स्पष्ट पारे । आफु खाधान्न सहयोगका लागी जनताका बिचमा अभियान चलाउन जान चाहे पनि सरकारले घोषणा गरेको लकडाउनलाई कार्यान्वयन गरि रहेको बताए । “स्थानिय प्रशासनलको पहलमा हुने बैठकबाट अति गरिब जनतालाई सुरक्षित तवरले राहत उपलब्ध गराउन जानका लागी आवश्यक निती र योजना बनाउन आवश्यक छ । जनताका बिचमा सहयोग गर्न जानका लागी तत्पर छु ।” उनले भने ।


गरिब भोकै नहुन भन्न कमालका दुई योजना 
हाल लकडाउनका कारण समस्यामा परेका ज्याला मजदुरी गर्ने अति गरिब नागरिकलाई तत्काल राहतका लागी स्थानियस्तरमा गर्न सकीने दुई योजना छन । पहिलो त हामी जिल्लाबाट केन्द्रका प्रतिनिधीत्व गर्ने ५ जना संघिय साँसद, एक जना राष्ट्रियसभाका सदस्य, १२ प्रदेश सभाका सदस्य र १० स्थानिय तहका प्रमुख र उपप्रमुखहरुले आफैबाट सहयोगको कार्य शुरु गर्न आवश्यक छ । स्थानिय सरकारले भ्रमण बर्ष लगायतका प्रबद्र्धनात्मक कार्यक्रममा छुट्टयाएका बजेटलाई समेत नागरिकको तत्कालिन आवश्यकता समाधानका लागी परिचालन गर्न पहल गर्न सक्ने अवस्था छ ।

जिल्लाका १० स्थानिय तहका ९६ वडामा प्रति वडामा ५० देखी १०० जना आकलन गरेर योजना बनाए पनि जुटने सहयोगले प्रत्यक अति गरिबलाई चामल, दाल र नुन सम्म दिन सकिने उनको ठम्याई छ । संक्रमणबाट पुर्ण रुपमा सुरक्षित रहेर यो संकटका बेला हामीले आफैबाट सहयोग शुरु ग¥यौं भने अन्य उद्योगी, व्यवसायी, सामाजिक व्यक्तित्वबाट समेत स्वतहफुर्त रुपमा सहयोग जुटने छ । दोस्रो यो संकटका बेला आफ्ना गाँउ टोलका कोही पनि भोकै बस्न नपरोस भनि टोल टोलमै खाद्यान्न सहितका सहयोग गर्ने अभियान चलाएर गरिब र निमुखालाई भोकै बस्नु पर्ने बाध्यतालाई केहि हदसम्म समाधान गर्न सकिने साँसद कमालको बुझाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation