अष्टलक्ष्मी सहित नेता कार्यकर्ता पक्राउ

काठमाडौं उपत्यकामा प्रचण्ड(माधव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको प्रहरीले नेता अष्ठलक्ष्मी शाक्यलाई पनि नियन्त्रणमा लिएको छ ।कलंकीबाट नेता शाक्य पक्राउ परेकी हुन् । आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता( कार्यकर्तासहित प्रहरीले शाक्यलाई नियन्त्रणमा लिएको हो ।

    हड्ताल सफल बनाउन शाक्यसहितका नेता(कार्यकर्ताहरु सडकमा आएकाबेला पक्राउ परेका हुन् ।प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ । बिहान सामाखसुसीबाट पनि केही युवा पक्राउ परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation