राजनितिक मैदानमा विप्लवको आगमन र कम्फरटेवल क्याम्प मा उत्पन्न पराकम्पन

डायमण्ड म्याग्देली २०२३ फागुन २०७७

ओली नेतृत्वकाे सरकारले अपराधिक तथा विध्वंशकारी समुह किटान गर्दै २ वर्ष अघि २०७५ फागुन २८ मा विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी माथी प्रतिबन्ध लगाएको थियो । त्यसयता महासचिव विप्लव सार्वजनिक कार्यक्रम हरुमा देखिनुभएको थिएन । त्यसयता सरकारले सो पार्टीका उच्च तहका नेतादेखी कार्यकर्ता हजारौ को संख्यामा गिरफ्तार गरी जेल हिरासतमा राखेको थियो । गिरफ्तार नेता/कार्यकर्ता हरुलाइ चरम मानसिक र शारिरिक यातना दिने, प्रचण्ड समुहको अगुवाईमा डर,त्रास,प्रलोभन देखाएर कतिपयलाइ आत्मसमर्पण गराएर आफ्नो समुहमा प्रवेश गराउने निकृष्ट र निन्दनिय खेलको श्रृखंला पनि चलिरहेकै थियो । नेकपा लाइ सिध्याउन राज्यका सवै शक्ति र जुक्ति परिचालन गरिएको थियो । तर सरकारको सवै प्रयास नाकाम बन्न पुग्यो । २ महिनामा नियन्त्रण गर्ने उद्घोषसहित राज्यका सम्पुर्ण शक्ति, स्रोत,साधन परिचालन गरेर सुरु गरिएको प्रतिबन्ध सहितको दमन निति पुर्ण रुपमा असफल बन्न पुगेपछी सरकार एक कदम पछाडी हटेर वार्ता र संवादलाइ अघि बढाउन तयार भयो । परिणाम स्वरुप अलि अघि देखी भइरहेका अनौपचारिक वार्ताका श्रृखंला हरुलाइ सार्थक बनाउदै २०७७ फागुन १९ र २० गते दुवै पक्षका वार्ता टोली विच औपचारिक वार्ता सम्पन्न भइ ३ बुँदे सहमति कायम भएको थियो । यसरी वार्ता सम्पन्न भइ ३ बुँदे सहमति बनेपछी २०७७ फागुन २१ गते राष्टिय सभा गृहमा आयोजित विशेष समारोहका विच नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव कमरेड विप्लवले संयुक्त सम्वोधन सहित नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीको वार्ता टोलीले तयार पारेको ३ बुँदे सहमति पत्र हस्ताक्षर गरी सार्बजनिक गर्ने कार्यक्रमको अवसरमा नेकपा मा महासचिव कमरेड विप्लव २ वर्षपछी सार्वजनिक हुनुभएको हो । प्रचण्ड,वादलको विशेष जोडबल र योजनामा ओली नेतृत्वको सरकारले २ महिनामा नियन्त्रण गर्ने उद्घोषसहित प्रतिवन्ध लगाएपछी सरकारकै कारण देश मुठभेडमा जाने सम्भावना प्रवल वन्दै गइरहेको थियो तथापी विद्रोही पक्ष आफ्नो राजनितिक कार्यक्रम र कार्यदिशा प्रति दृढ रुपमा प्रतिवद्ध, अडिग रहदै धैर्यता,संयमता र उच्च जिम्मेवारीवोध का साथ प्रस्तुत हुन सक्ने कौशलता देखाएकै कारण आज सिंगो देशलाइ एउता सुखद सन्देश प्रवाह गर्ने अवसर प्राप्त भएको हो । प्रतिवन्ध फुकुवा,गिरफ्तार नेता/कार्यकर्ता को रिहाइ,झुट्टा मुद्दा खारेज,देशको राजनितिक समस्या वार्ता र संवादको माध्मवाट हल गर्ने, आफ्नो राजनितिक गतिविधि शान्तिपुर्ण रुपमा सञ्चालन गर्ने लगायत विषय समेटेर,नेकपा ले जितेको र लाभ लिएको प्रष्ट रुपमा देखिने गरी सहमति कायम भइ महासचिव कमरेड विप्लव खुल्ला राजनितिक मैदानमा प्रवेश गरेपछी मुलुकमा यतिवेला वहस र तरंग पैदा भएको छ। खासगरी जनयुद्धका शहिद,वेपत्ता परिवार,घाइते,अपाङ्ग योद्धा , हजारौ इमान्दार नेता/कार्यकर्ता,न्यायप्रेमी गरिव,किसान,मजदुर, विभिन्न समुहमा रहेका क्रान्तिकारी पंक्ति निकै उत्साहित र आशावादी बनेको छ,त्यस्तै फरक राजनितिक आस्था र विचार अंगालेका तर संसदिय ब्यवस्थाको यो घिनलाग्दो अन्त्यहिन तमासा वाट आजित बनेका,विप्लवको ब्यक्तित्व,स्वच्छ राजनितिक छवि,स्पष्ट दृष्टिकोण र अडानवाट प्रभावित,आशावादी देशभक्त शक्तिहरु,उर्जाशिल स्वतन्त्र युवावर्ग, सामाजिक अभियन्ता,स्वतन्त्र प्रगतिशिल वुद्दिजिविहरु मा पनि आशा जगाएको छ ,सकारात्मक तरंग प्रवाह भएको छ । यसरी हेर्दा क्रान्तिकारी समुहहरुविच रणनितिक संयुक्त मोर्चाको रुपमा यसअघि नै ध्रुविकरण सुरु भैसकेको थियो र यस्ले अझै तिब्र रुपमा ब्यापकता पाउने सहज वातावरण बनेको छ।यस्को अलावा,रणनितिक मोर्चा भन्दा वाहिर रहेका,देशभक्त नागरिक,वुद्दीजिवी,स्वतन्त्र उर्जाशिल युवा,सामाजिक अभियन्ताहरू लगाएत कुनै न कुनै रुपमा पुराना राजनितिक नेतृत्व र यो व्यवस्थाको विकल्प चाहने सवै समुदायलाइ समेटेर मोर्चावन्दी गर्दै नयाँं राजनितिक कोर्षमा अघि वढ्न सम्भावना को ढोका खुल्दै गैरहेको छ ।

यि त भए सकारात्मक तंरग र सम्भावना का विषय, यो संगै कतिपय राजनितिक समुहमा नकारात्मक तरंग सहित छटपटी सुरु भएको सहजै अनुमान गर्न सकिन्छ । विशेषगरी पुर्व माओवादी भन्न रुचाउने प्रचण्ड समुहमा त्यस्तो चित्र प्रष्ट देख्न सकिन्छ। त्यो समुहमा लाग्ने राम्रा मान्छेहरु पनि छन तिनिहरुलाइ अन्यथा नलागोस् तर कतिपय यति क्रुर र अपराधिक मानसिकता वोकेका पात्रहरु छन् तिनलाइ निर्ममतापूर्वक नङ्ग्याउनु पर्छ । जनयुद्ध कालमै२०६०/२० ६१ तिर प्रचण्ड/वावुराम विच अन्तरसंघर्ष चल्दा वावुरामलाइ भौतिक रुपमै सफाया गर्नुपर्छ,जिउदै गाड्नुपर्छ भन्दै खाडल खन्न लगाउनेहरु, किरणको नेतृत्वमा पार्टी विभाजन हुनुअघि अन्तरसंघर्ष चल्दै गर्दा किरणलाइ उचाल्ने विप्लव हो विप्लवलाइ कारवाही गरेर सिध्याउन पर्छ भन्दै पटक-पटक प्रस्ताव गर्नेहरु ,२ वर्ष अघि विप्लवले प्रचण्डलाइ हत्या गर्न पहिलो लिष्टमा नाम राखेको छ भन्ने निराधार अफवाह फैलाएर वादल ओलीलाइ उक्साउदै नेकपामाथी प्रतिबन्ध लगाउन र दमन गर्न विशेष भुमिका खेल्ने कायर कपुटहरु कहाँकहाँ छन राम्रैसंग अवगत छ ।कुनै दिन हिसाव मिलान हुन्छ । विडम्वना त यो छ की,प्रचण्डले दिल्लीमा विदेशी प्रभुहरुलाइ साक्षी राखेर १२ बुँदे सहमति गर्दा ,सिक्लेशवाट हेलिकप्टर चढेर सिंहदरवार पसी जनयुद्ध,जनसत्ता,जनअदालत लगाएत माओवादी आन्दोलनको एजेण्डा र उपलब्धी खरानी बनाउने शान्ति सम्झौतामा हस्ताक्षर गर्दा, जनमुक्ति सेनाको अपमानजनक ढंगले विघटन गर्दा,आफ्नो सिंगो माओवादी पार्टी धुजाधुजा बनाएर अलिअलि वचेको टुक्राटाक्री एमालेमा लगेर विलय गर्दा, एमालेको चुनावचिन्ह “सुर्य” लागी विलौना गर्दा आफु,आफ्नो छोरी,वुहारी,ज्वाइ,अन्य नातागोता आफन्तहरुलाइ चुनाव जिताउन र लाभको पदमा पुर्याउन,कहिले कांग्रेस कहिले एमाले लाइ पालैपालो काधमा बोक्न तयार हुदाँ त्यस्को विरोधमा चुइक्क बोल्न नसक्ने नालायक हुतिहारा हरु अहिले विप्लवको विरुद्ध बुरुक बुरुक उफ्रदै छन् । हेक्का रहोस् यो ३ बुदेँ ,विदेशी प्रभुहरुको योजना र इसारा मा तिनैलाइ साक्षी राखेर,तिनिहरुकै लाभ र स्वार्थको लागी गरिएको हैन, जनयुद्धमा कब्जा गरिएको अर्बौ कालो धनलाइ सेतो बनाउन विशेष सहयोग गर्ने मार्सी,सुमार्गी,घरवेटी हरुको लाभको लागी देश र जनतालाइ कंगाल बनाउन गरिएको पनि हैन,दलाल,तस्कर,माफिया,यति,ओम्नी समुहको स्वार्थको लागी गरिएको पनि हैन,यो त शहिद सप्ताहको अन्तिम दिन,विहानै शहिद परिवारको हातको रातो टिका लगाइ सम्पुर्ण महान शहिद हरुलाइ सम्झदै,अधुरो क्रान्ति पुरा गर्ने कसम खाएर,सहमति सार्वजनिक गर्ने संयुक्त मञ्चमा समेट शहिदको सपना पुरा गर्ने,देशलाइ स्वाधिन र जनतालाइ अधिकारसम्पन्न बनाउने सार्वजनिक प्रतिबद्घता जाहेर गर्दै गरिएको सहमति हो । त्यसैले अतिरञ्जित गरेर आत्मसन्तुष्टि लिने रोग वाट मुक्त हुनु उत्तम होला। अन्तमा यो सहमतिपछि विकसित राजनितिक घटनाक्रमले क्रान्तिको रथलाइ एक कदम अघि बढाएको छ,क्रान्तिकारी ,वामपंथी,स्वतन्त्र युवा,सामाजिक अभियन्ता,देशभक्त शक्तिहरुविचको,संवाद,तालमेल र ध्रुविकरणलाइ तिब्र पार्न सहज वाताबरण बनेको छ,यो सहज अवसरलाइ उपयोग गरी ध्रुविकरणपश्चात शान्तिपुर्ण संघर्षको कार्यक्रम अगाडी बढाउन सकियो भने राजनितिक कोर्ष परिवर्तनको सम्भावना सन्निकट छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation