डायमण्ड म्याग्देली
ईतिहास निर्माण गर्ने अवसर खास-खास समयमा विशेष व्यक्तिलाई प्राप्त हुने गर्दछ, कसैको ईच्छा र रहरले भन्दा पनि विशेष परिस्थितिको सिर्जना,त्यसमा भुमिका निर्वाह गर्न सक्ने उपयुक्त पात्र, जस्को व्यक्तित्व,चरित्र,हिम्मत र क्रियाशिलता ले परिस्थिति लाई आफ्नो कावुमा राखेर सहि दिशामा अगाडी वढ्न सकोस. नेपाली राजनितिमा अझ नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा २०५२ साल फाल्गुन १ देखी सुरु भएको जनयुद्द त्यस्तै एक विशेष र एेतिहासिंक राजनितिक परिघतना थियो र त्यस्को नेतृत्व गर्ने अवसर प्रचण्ड लाई मिलेको थियो. वि.स. २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी राजनितिक घतनाक्रम को फेरवदल,भिन्न-भिन्न राजनितिक कार्यदिशा को खोलभित्र हुर्कदै गरेको गैह्र क्रान्तिकारी. निम्न पुजिँवादी चिन्तन,त्यसले जन्माएको व्यक्तिगत ईगो र तकराव का कारण गुट, टुटफुट,विभाजनको अन्त्यहिन श्रृंखला वाट गुज्रदै थियो.यसरी आरोप-प्रत्यारोप टुटफुट र विभाजनले पार्टी र कम्युनिष्ट आन्दोलन रक्षात्मक र कमजोर वन्दै थियो. २०१७ सालमा राजा महेन्द्र ले कु गरेर निरंकुश पञ्चायती व्यवस्था लाड्नु, केहि समुहले २०२८ सालमा असफल झापा विद्रोह गर्नु. २०४६ सालको संयुक्त(कांग्रेस+वाम मोर्चा )जनआन्दोलन पछी वहुदलिय. संसदिय व्यवस्था को पुनस्थापना. केहि राजनीतिक दल.दरवार र वाहिरी शक्ति केन्द्र को सहमतिमा” नेपालको संविधान २०४७ ” घोषणा भएको अवस्थामा नयाँ जनवादी क्रान्ति को पक्षधर क्रान्तिकारी शक्तिको लागी चुनौति र अवसर सामुन्ने आएको थियो.
टुटफुट र विभाजनको श्रृंखला वाट गुज्रदै गरेको क्रान्तिकारी शक्तिलाई एकतावद्द गर्ने कुरा त्यति सहज थिएन र त्यो भन्दा अझै कठिन विषय त एकता संगै जनयुद्दमा हाम फाल्नु थियो.भर्खर ठुलो जनसहभागितामा २०४६ सालको जनआन्दोलन भएको ताजा स्थिति त्यसपछी सविंधान २०४७ घोषणा भए संगै सम्पुर्ण पुजिँवादी संसदिय शक्तिहरु विश्वकै उत्कृष्ट सविंधान वनायौं भन्ने हवाला दिंदै त्यस्को प्रचार-प्रसार र कार्यन्वयनको चरणमा लाग्दै गर्दा यता क्रान्तिकारी शक्तिले तिनिहरुले जनतामा छरेका भ्रमहरुलाई चिर्दै जनयुद्दको सुरुवाट गर्ने र आम जनतालाई परिचालन गर्ने कुरा कम चानचुने थिएन. तरपनि तत्कालिन अवस्थामा पार्टी को नेतृत्व गरिरहेका प्रचण्डको कुशल/सुझवुझपुर्ण नेतृत्व र साहसिक कदम को कारण एेतिहासिक जनयुद्दको सुरुवात मात्र भएन कि वरु एक पछी अर्को सफलताको सिंढी चढ्दै अगाडी वढ्दै गयो. पुरानो राज्यसत्तामा तिव्र अन्तरविरोध र फुट सिर्जना हुदैं गयो उस्को अन्तिम सैन्य शक्तिलाई वरावरीको हैसियतमा खुम्चिन वाध्य पार्यो ।यसरी १० वर्षे जनयुद्दको अवधि मध्ये झण्डै आठ वर्ष छिमेकी देश को भुगोलमा आश्रय लिए पनि स्याटेलाईट फोन संवाद/आदेश कै भरमा कुशलतापुर्वक जनयुद्द को नेतृत्व गर्न सक्ने उनको खुविलाई कसैले नकारेको थिएन. जव २०६०/२०६१ तिर वावुराम भट्टराई संग अन्तरविरोध चर्कियो तव छिमेकी देशमा लिईरहेको सेल्टर पुरै असुरक्षित महशुस हुन थाल्यो ।त्यसपछी रातारात नेपाल भित्रिएर केन्द्रिय आधार ईलाकातिर सेल्टर सिफ्ट गरेको तथ्य पनि धेरै माध्यम वाट पहिल्यै सार्वजनिक भैसकेको छ,त्यहि समयमा जमिनि मोर्चा मा दुश्मन लाई हायल-कायल वनाईरहेको जनमुक्ति सेना उस्को हवाई जाशुसी र नाईट भिजन हेलिकप्टर को सपोर्ट र आक्रमण ले अलि वढी क्षति व्यहोर्न र कतिपय अवस्थामा मोर्चा नसकिदैं रिट्रिट हुन वाध्य भएकै हो,त्यस्तो अवस्थामा जनमुक्ति सेनाको लागी हवाई आक्रमणको प्रतिरोध गर्ने प्रविधि आवश्यक थियो,त्यस्तो प्रविधि आपुर्टी हुनुपर्थ्यो. सिंगो जनमुक्ति सेनाको एक मात्र साझा माग त्यहि नै थियो. एन्टी एयर क्राफ्ट विपन मात्र आपुर्टी हुन सक्यो भने दुश्मन लाई पुर्णतया परास्त गर्न सकिन्छ भन्ने आत्मविश्वास थियो तर तत्कालिन सुप्रिम कमाण्डर प्रचण्डको दिमागमा के थियो त्यति वेलै त थाहा हुने कुरै भएन, तर विस्तारै वल्ल थाहा हुन थाल्यो । सुप्रिम कमाण्डर त छिमेकी देश छोडेर नेपाल आई केन्द्रिय आधार ईलाका छिरेको केहि दिनमै सेल्टर नजिक-नजिक दिनहुं जसो वम पड्किने.जता निस्क्यो त्यतै टाउको माथी माथी दुश्मनको हेलिकप्टर घुम्ने र गोलावारी गर्ने,आफैले जनमुक्ति सेना लाई प्रत्यक्ष रुपमा अन्तिम निर्देशनमुलक प्रशिक्षण दिएर नजिकवाट कमाण्ड गरेको खारा मोर्चा असफल हुनु आदी कारणले उनको होस-हवास उडिसकेको, मनोवल पुरै गिरेको रहेछ भन्ने आधारहरु त्यसपछीका घटनाक्रमले पुष्टि गर्दै गए ।यसरी जव उनले नजिक वाट वम वारुड को धमाका अनुभुत गरे तव उनलाई लाग्न थाल्यो कालले आफ्नो पिछा गरिरहेको छ त्यतिवेला उनले न त जनयुद्द सुरु गर्दाको प्रतिवद्दता सम्झे न त हजारौ को वलिदान,वहादुरी,त्याग र समर्पण सम्झेनन् वरु सुरक्षित अवतरण को लागी वाटो वदल्ने सोचंमा पुगिसकेको तथ्य विस्तारै सार्वजनिक हुन थाल्यो ।


त्यो थियो दिल्लीमा तत्कालिन संसदवादी दल र माओवादी विच भएको कथित १२ वुंदे सम्झौता, जो एमाले र माओवादी विच सत्ता साझेदारी वारे पहिल्यै रोल्पा मा भएको सहमति विरुद्द मात्र थिएन वरु पुरै जनयुद्द र त्यस्को म्याण्डेट विपरित थियो ,किनकी त्यसैको आधारमा ०६२/०६३ को आन्दोलन भयो संसदवादीहरुले आफ्नो गुमेको स्वर्ग पाए तर माओवादी आन्दोलन विसर्जनतिर अगाडी वढ्यो र प्रचण्डको ओरालो यात्रा सुरु भयो.यो नै माओवादी जनयुद्द विसर्जन गर्ने पहिलो कडि र मुख्य नेतृत्व प्रचण्ड को ओरालो यात्रा सुरुवात गर्ने घुम्टि थियो.त्यहांदेखी सुरु भएको विचलनको यात्रा विस्तृत शान्ति सम्झौता को नाममा जनयुद्द,जनसत्ता,जनअदालत को अन्त्य र विघटन,जनमुक्ति सेनाको विसर्जन र हतियार राज्य लाई हस्तान्तरण,प्रतिगामी सविंधान निर्माण सम्म पुग्यो,त्यसपछि माओवादी जनयुद्ध को उपलब्धी मात्र गुमेन वरु सिंगो माओवादी पार्टी विभाजनको श्रृंखला सुरु भयो । पहिलो चरणमा पार्टीभित्र क्रान्तिकारी धारको रुपमा रहेको समुह कमरेड किरणको नेतृत्वमा वाहिरियो ।त्यसको केहि समयपछी वावुराम भट्टराई को नेतृत्वमा अर्को समुह वाहिरियो। नेता/कार्यकर्ता मा निरासा छायो। पहिलो सविधान सभा निर्वाचन मा ठुलो जितसहित पहिलो दलको रुपमा उदाएको माओवादी, विभाजनपछि दोश्रो सविधानसभाको निर्वाचनमा प्रचण्ड नेतृत्वकाे माओवादी केन्द्र लज्जाजनक हार ब्यहोर्दै तेश्रो स्थानमा खुम्चिन पुग्यो । पार्टी विभाजन र दोश्रो सविधान सभामा ब्यहोरेको हारपछी प्रचण्ड नेतृत्वको माकेमा अस्तित्व रक्षा गर्ने चुनौति जब्बर रुपमा खडा भयो । त्यसैको परिणामस्वरुप नयाँं सविधान घोषणा पछी ०७४ मा सम्पन्न स्थानिय निर्वाचनमा नेपाली काङ्ग्रेस संग तालमेल भयो भने संसदिय निर्वाचनमा नेकपा एमालेसहित वामगठबन्धन भयो । वामगठबन्धन ले एक्लै वहुमत प्राप्त गर्यो, अस्तित्व रक्षाको चुनौतिमा रहेको माके सरकार निर्माण को विषयलाइ हतियार बनाएर पार्टी एकताको नाममा एमालेमा विलय हुन मञ्जुर भयो । विभिन्न घुम्ती पार गर्दै एमालेमा आएर ३ वर्ष अघि विलय भइ राहतको श्वास फेरेको माओवादी केन्द्र र प्रचण्ड ०७७ फागुन २३ को सर्वोच्च अदालतको (नेकपा नाम ऋषि कट्टेललाइ दिने,एकता पछी बनेको ओली/प्रचण्ड नेतृत्वको नेकपा खारेज भइ एकता हुनु पुर्वको अवस्था नेकपा एमाले र माओवादी केन्द्र को रुपमा रहने) फैसला पछी पुन पुरानै नियतिमा पुगिसकेको छ ।


यसरी जनयुद्दको प्रमुख पहलकर्ता.नेतृत्वकर्ता हुदै जनयुद्दको मुख्य अवधिभर क्रान्तिकारी नायक को रुपमा चर्चित रहि उदाएको पात्र आज आफ्नै नेतृत्वमा निर्मित रक्तरञ्जित ईतिहास मा कालो पोत्दै,संसदिय ब्यबस्थाको घृणित खेलको हिस्सेदार बन्दै खलनायक मा परिणत भैसकेपछी जनयुद्दको त्यो महान र एेतिहासिक विरासत लाई जोगाउंदै त्यहि जगमा टेकेर जनयुद्दको अधुरो र अलपत्र सपना लाई पुरा गर्न कोहिं न कोहिं त जन्मनै पर्थ्यो र त्यै कोहि मध्ये कमरेड विप्लव लाई नयां क्रान्तिको नेतृत्वको रुपमा ईतिहासले जन्माएको छ । यसमा आम माओवादी पंक्ति,शोषित-पिडित मुक्तिकामी आम जनसमुदाय र सिंगो देशले गर्व गर्नुपर्छ ।हुनत एक हुल मान्छेहरु यसो पनि भन्छन , विप्लव सांसद,मन्त्रि वन्ने अवसर नपाएर वा जनयुद्दको नायक प्रचण्ड जस्तै वन्ने महत्वकांक्षाले अलग राजनितिक धारवाट अगाडी वढ्दैछन,तर यो निराधार आरोप र राजनितिक पुर्वाग्रह अनि कुण्ठाले भरिएको आतंकित र हतोत्साही अभिव्यक्ति वाहेक अरु हुनै सक्दैन,किनकी विप्लवले हिजो संगै हुदां पार्टीमा यो सुविधा,जिम्मेवारी मैले पाउनुपर्छ भनेर दावी गरेको तर पार्टीले विप्लव ति अवसर र जिम्मेवारी पाउन योग्य नभएकोले सवै अवसर वाट वञ्चित गरिएको छ भन्ने निर्णय भएको सर्कुलर आजसम्म पनि कतै फेला परेको छैन।त्यसैले यस्ता मिठ्या आरोप लगाउनुको कुनै तुक छैन। विप्लवको आज सम्मको राजनितिक करियरमा कुनै दाग लागेको कसैले देखाउन सक्छ भने देखाओस् । तर उनको स्वच्छ,सरल र पारदर्शी जिवनशैली,निरन्तर अविचलित यात्रा,देश र जनताप्रतिको ईमान्दारिता,जिम्मेवारीवोध,साहस,दृढता र क्रान्तिकारी संकल्प देखी कसैलाइ दाहा हुन्छ र पुर्वाग्रहले ग्रसित भइ वर्वराउछ भने त्यस्ता समुहलाइ के पो भन्नु र । शान्ति प्रक्रियामा आइसकेपछी धेरैजसो नेताहरु माओवादी आदर्श,मुल्यमान्यता वाट च्युत हुदैँ गए,अवसर र लाभको पदमा पुग्न तछाडमछाड गर्न थाले,वैध/अवैध कसरी हुन्छ,पैसा जम्मा गरेर करोडपति/अरवपति बन्ने होडवाजी चल्न थाल्यो,हरेक सुविधाले सम्पन्न विलासीपुर्ण जिवनतिर मोडिन थाले तर ति सवैवाट आफुलाइ पृथक राखेर जनयुद्ध को विरासत जोगाउन,शहिदको सपना पुरा गर्न वाँकी क्रान्तिलाइ पुरा गर्न दृदतापुर्वक सतिसाल झै कोहि उभिएको छ भने त्यो विप्लव नै हो । अन्त्यमा,अझै एक्लाएक्लै हिडेर, एकापसमा हिलो छ्यापाछ्याप गरेर कसैको हित हुदैन,कोहिपनी सफल हुने सम्भावना छैन । माओवादी विभाजन भएको यो एक दशकले सबैलाइ शिक्षा दिएको हुनुपर्छ। त्यो महशुस गरेर संसद वाहिरका माओवादी/क्रान्तिकारी शक्तिहरुको विचमा रणनितिक मोर्चाको रुपमा तालमेल र सहकार्य अघि बढीसकेको छ । अब संसदिय ब्यवस्थामा छिरेर पुर्ण रुपमा असफल भइसकेका प्रचण्ड /वावुराम समुहले पनि गम्भिर समिक्षा गर्न ढिलो भइसकेको छ । कोमामा पुगिसकेको विरासतलाइ वचाउन संसदिय ब्यवस्थाको गोलचक्करवाट वाहिर निस्कने हिम्मत गर्नैपर्छ । संसदिय राजनितिमा प्रचण्ड/वावुरामको नेतृत्व र कार्यदिशा पुर्णरुपमा असफल भैसकेको अहिलेको अवस्थामा उपयुक्त र सवैको लागी (माओवादी घटक भित्र र वाहिर आम नागरिक स्तरमा समेत) मान्य हुन सक्ने नेता विप्लवको नेतृत्वमा सवै शक्ति ध्रुबिकृत भइ विकल्पसहित पुजिवादी संसदिय व्यवस्था विरुद्द एकपटक शसक्त प्रहार गर्न सकियो भने माओवादी आन्दोलनको विरासत जोगाउने र नयाँ राजनितिक कोर्ष पुरा हुने उपयुक्त अवसर नजिकै छ ।