कपिलवस्तु अस्पतालमा जटिल बिरामीहरुको संख्या बढ्दै, आईसियु कुर्दै बिरामी

बसन्त बन्जाडे– कोरोना संक्रमण दर बढ्दै जादा कपिलवस्तु अस्पतालमा जटिल बिरामीहरुको संख्या बढ्दै गएको छ । बिगतका दिनमा सामान्य रोगमा पनि भैरहवा, बुटवल र भारतका बिभिन्न स्थानमा जाने बिरामीहरु आसियु र भेन्टिलेटर कक्ष सहित अस्पतालले सेवा बिस्तार गरे पछि अस्पतालमा जटिल बिरामीहरुको संख्या पनि बढ्दै गएको हो ।
कपिलवस्तु अस्पतालले ५ वटा भेन्टिलेटर सहति १० वटा आईसियु बेड सहितको सेवा संचालन गरेसंगै अस्पतालमा जटिल बिरामीहरुको संख्या बढ्दै गएको हो । अस्पतालमा रहेका १० वटै आईसियु बेडहरु हाल बिरामीहरु रहेका छन् । कयौ बिरामीहरु आसियु जानको लागि जनरल वार्ड र इमरजन्सीमा रहेता पनि बेड खाली नुहंदा समस्या परेको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. किशोर बन्जाडेका अनुसार ५ जना जटिल प्रकारका बिरामीहरु हाल आईसियु कक्षमा रहेका छन् भने ३ जना कोरोनाको लक्षण देखिएका तर कोरोना परिक्षण नेगेटिभ देखिएकालाई छुट्टै आसियु आईसुलेसनमा राखिएको बताए । यसै गरि २ जना कोरोना पोजेटिभलाई पनि छुट्टै कोठाको आईसियु बेडमै राखिएको उनले बताए ।
अस्पतालको जर्नल वार्डहरुमा पनि बिरामी चाप त्यस्तै रहेको अस्पतालका डाक्टर गणेश क्षेत्रीले बताएका छन् । ५० बेडको अस्पताल भएता पनि ८० भन्दा धेरै बिरामीहरु भर्ना रहेको उनले जानकारी दिए । त्यसमा कोरोना जस्तो लक्षण देखिकालाई अल्लगै राखेर उपचार भईरहेको समेत उनले बताए ।
यसै गरि अस्पतालमा अन्य बिरामीहरुको संख्या पनि बढ्दै गए पछि महिला तथा बालबालिकाको कार्यालयमा अक्सिजन सहित निमार्ण गर्न लागिएको कोरोना बिशेष अस्पताल एक दुई दिनमै संचालनमा आउने अस्पतालका व्यवस्थापक एंव सूचना अधिकारी रत्नाकर शुक्लाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation