१९ सांसद सहित संसद सचिवालयका १६० जनामा कोरोना पुष्टि

काठमाडाैं । सांसद र संसद सचिवालयका कर्मचारीसहित १६० जनामा कोरोना पुष्टि भएको छ । २२, २३ र २४ गते गरिएको १ हजार २३५ जनाको पिसिआर परीक्षणमा १६० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।२०५ जना सांसदहरु तथा कर्मचारीहरु तथा अन्य गरी १०३० जनाको कोरोना परीक्षण गरिएमध्ये १६० जनाको रिपोर्ट पोजेटिभ आएको संसद सचिवालयले जनाएको छ । १९ जना सांसदहरु र संघीय ससद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकारसहित १४१ गरी १६० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation