ताैलिहवा- मायादेवी गाउँपालिकाले कपिलवस्तु अस्पताललाई २ लाख सहयोग गरेको छ । कपिलवस्तु अस्पतालमा कोभिड १९ संक्रमित विरामीहरुलाई उपचारमा अभाव हुन नदिनाको लागि गाउँपालिकाले २ लाख सहयोग गरेको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले बताए । कपिलवस्तु अस्पतालले जिल्लाकै संक्रमितहरुको उपचार गरिरहेको र अस्पतालमा आर्थिक अभावको कारण उपचारमा समस्या भई रहेकोले गाउँपालिकाले तत्काल २ लाखको रकम उपलब्ध गराईएको अध्यक्ष कुर्मीले बताए । गाउँपालिका अध्यक्ष कुर्मीले कपिलवस्तु अस्पतालका प्रमुख किशोर बन्जाडेलाई अस्थाई कोरोना अस्पतालमा २ लाखको चेक हस्तान्तरण गरेका थिए ।
गाउँपालिकाको चेक बुझ्दै अस्पताल प्रमुख बन्जाडेले मायादेवी गाउँपालिकाले सहयोग गरेकोमा धन्यावाद दिदै अगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको समेत बताए । उनले कपिलवस्तुको विभिन्न संघ संस्था तथा व्याक्तिहरुको सहयोग अहिले आईरहेको बिभिन्न अभियानहरु संचालन भएकोमा स्वास्थयकर्मीहरुमा काम गर्न थप उर्जा मिलेको बताएका छन् ।