बिजुली, इन्टरनेट, टेलिफोन र खाद्य सामग्रीमा ५० प्रतिशतसम्म छुट

प्रकाशित मिति : १७ चैत्र २०७६ सोमबार

आइतबार बेलुका अबेरसम्म चलेको मन्त्रिपरिषद् बैठकले राहत तथा सहुलियत दिने निर्णय गरेको छ । यसरी घोषित राहत र सहुलियत बिजुली, इन्टरनेट, दाल चामल लगायत खाद्य सामग्रीमा लागू हुने सरकारका प्रवक्ता अर्थमन्त्री तथा सन्चार तथा सूचना प्रविधि डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार १ सय ५० युनिटसम्म बिजुली बाल्ने ग्राहकहरुलाई फागुन र चैतको महसुलमा २५ प्रतिशत छुट तथा  खाद्य संस्थान तथा साल्ट ट्रेडिङद्वारा वितरित दाल, चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशतको छुट दिइनेछ । 

यसैगरी  विद्युत प्राधिकरणको बचत भएको विद्युत खपत गर्ने उद्योगलाई ३० देखि ५० प्रतिशत महशुल छुट दिने पनि बैठकले निर्णय गरेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation