सैनामैना जेसिजको सरानीय कार्य : धाममा आउने श्रद्धालुलाई निशुल्क स्वास्थ्य शिविर

सुरेश परियार,साउन ३ गते
बोलबम धाममा आउने श्रद्धालु भक्तजनहरुका लागी नि ःशुल्क स्वास्थ्य शिविर सुरु गरिएको छ । सैनामैना जेसिजको आयोजना र युथ फर नेशनको प्राविधिक सहयोगमा १ महिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जेसिजका अध्यक्ष सल्लाहकार गोविन्द खरेलले जानकारी दिए ।
श्रावण महिनामा लाग्ने बोलवम जलार्पण कार्यक्रम तथा श्रावणी मेलाको अवधिभर यो शिविर संञ्चालन हुँदैछ । सोमबार देखि सुरु भएको शिविरमा स्वास्थ्य जाँच,निःशुल्क सुंगर जाँच,तथा उपलब्ध औषधीको निःशुल्क वितरण भइरहेको छ । प्रत्येक दिन डा.निकोलस भुसाल र अन्य डा.हरुले चेकजाँज गर्नेछन् ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना जेसिजका अध्यक्ष रामचन्द्र ढकालले मानवीय कार्यमा जेसिज सधैब अग्रसर भएको बताएका छन् ।युवाहरुको ब्यक्तित्व विकास संगै सामाजिक क्षेत्रमा सैनामैना जेसिजले उदारणीय भुमिका खेल्दै अइरहेको बताउँदै स्वास्थ्य नै धन हो भन्ने भावनालाई आत्मसाथ गरेको अध्यक्ष ढकालले उल्लेख । बोलवम जलार्पण कार्यक्रम तथा श्रावणी मेलामा आउने श्रद्धालुले निशुल्क स्वास्थ्य शिविर पाइरहेको बताउदै हाल सम्म २ सय जना भन्दा बढिले स्वास्थ्य शिविरबाट लाभान्वित भइसकेको अध्यक्ष ढकाललले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation