विद्यार्थी जिवनमा पुनहिलको त्यो अबिस्मरणीय यात्रा….

लुना जि.एम.
बाल्यकालका कुराहरु कहिले याद आउछ । कहिले जिन्दगीका मोडहरुको बेग्ला बेग्लै समयमा जिन्दगीले बेग्ला बेग्लै मोड लिन्छ । प्रत्येक मोडहरु राम्रा हुँदैनन्, अनि प्रत्येक मोडहरु नराम्रा पनि हुँदैनन् । जिन्दगी आफ्नै किसमले बग्दै रहन्छ, मानिस आफ्नै किसिमले रोमलिन्छ, ती बगाइहरुमा मोडहरुमा

२०७१ साल मलाई लाग्छ यो बर्षले मेरा निम्ति धेरै दुःखहरु र थोरै खुसीहरु बोकेर ल्याएको बर्ष हो । तर ति थोरै खुसीहरु यति राम्रा कुराहरु थिए कि त्यसैले मेरा ति धरै दुःखहरुलाई भुल्न मल्हमको काम ग¥यो ।
२०७१ साल हाम्रो ब्याचलर अध्यनको अन्तिम बर्ष थियो । मैले कलेज प्रवेश गरे बाट नै सुन्ने गरेको थिए । कि ब्याचलरको अन्तिम बर्ष कलेज ले हरेक व्यवस्थापनलाई टुर प्याकेज ल्याउँछ । म पनि मेरो मनको अन्तरकुनामा त्यो दिन आयो तर संयोग भन्नु पर्छ विविध कारण देखाउदै हाम्रो कक्षा बाट केही पनि गएनन् सिवाय नैना । यस घटनालाई मैले नजिक बाट नियाले र भित्रभित्रै टुर जाने तिन वर्ष पर्खाईलाई ब्यर्थ माने र ति आशाहरु गर्न छाडिदिए ।
मलाइ त्यो दिन राम्रोसँग याद छैन तर त्यो फागुन महिनाको अन्तिम साता थियो निकै लामो समय भैसकेको थियो । म साथीहरु बाट सम्पर्क बिहीन हुन थालेको यसमा मेरा विबिध कारणहरु हुन सक्छन् । अचानक एक साझ केशवले फोन गरे अरु बेला जस्तै हाम्रो सामान्य कुराहरु भइरखेका थिए तर त्यस बिच उनले कलेजले टुरको आयोजना गरेको कुरा सुनाउदा म भित्रै बाट निकै खुसी भए तर त्यो खुशी क्षण भर रह्यो किनकी मलाई थाहा थियो म मेरै विबिध कारण बस यस टुर मा जान सक्दिन्, त्यसैले दुःखी मन लिएर केशवलाई औपचारिकता पुरा गर्न जाने कोशिस गर्छु भन्दै फोन राखे ।
अचानक एकदिन उसै गरी फेरी रमेशको फोन आयो धेरै कुराकानी पछि हामी कलेज मा भेट्ने भयौ । कलेज को भेट पश्चात आन्तरिक कुराहरु मिलाउँदै टुर जाने १ दिन अघी मात्र म जाने पक्का भयो सुन्दा निकै खुसी लाग्छ, सबै कुरा यति हतारमा भयो कि मलाई यो टुरको नाम अचानक राख्न मन लाग्यो ।

चैत २३ गते सोमबार मौसम परिर्वतन सँगै धर्तिले गर्मी महशुस गरेता पनि यो दिनले मेरो निम्ति सितल र आनन्द बोकेर ल्यायो, किनभने त्यो दिन हामी ब्याजलर तेस्रो बर्षका बिद्यार्थीहरु टुर जान निम्ति तय गरिएको थियो । बिहानको विभिन्न तयारी पछि म लगायत टुर जाने सम्पुर्ण साथीहरु क्याम्पस प्राङ्गणमा भेला भयौं । साझ करिब ६ बजे तिर सिद्धार्थ क्याम्पस बाट २ जना सर करिब ५० जना बिद्यार्थी र चालक दलका २ जना सहित ५४ जनाको टोली सात दिने भ्रमणको लागी निस्कियौं । ४ न. चोकमा हामीलाई बिदाइ गर्न सरहरु र कलेजका विभिन्न व्यक्तिहरु आउनु भयो, उँहाहरुले हाम्रो सफल यात्राको कामना गर्दै हामीलाई बिदाइ गर्नुभयो ।
यँहा बाट हाम्रो यात्रा सुरु भयो हामीलाइ बुटवल , स्याङजा , पोखरा हुँदै म्याग्दीको बेनी सम्मको रात्री यात्रा पुरा गर्नु थियो । किनभने यसलाई नेपालको नियती नै भन्नु पर्दछ । भोलिपल्ट बाट नेपाल बन्द हुने कुरा थियो । त्यसैले बन्द हुनु अगाडी हामीलाई गन्तव्य स्थलमा पुग्नु थियो, र बन्दको पुर्ण सदुपयोग गर्नु थियो । हाम्रो यात्रा रात्री र अप्ठ्यारो बाटो भएका कारण सबै साथीहरु बसमा निदाउन थाले । खोइ कँहानिर हो स्याङजा कटिसकेको थियो । ठाउँ ठ्याकै थाहा भएन तर ठाउँ निकै सुन्दर थियो । हामी त्यँहा पुगेर खाना खान ओर्लियौ कोही साथीहरु थकान ले गर्दा बस बाट नै ओर्लीएनन् । तिनै मध्ये मञ्जु पनि एक थिइन् । म रिमा, रमेश, केशब, लगायत अन्य ले खाना खायौ । हाम्रो कक्षा बाहेकका पनि यस टुरमा सामेल भएका कारण शुरुमा मैले कसैलाइ पनि चिनेन् र सोध्ने आँट पनि गरिन् ।

 

खाना खाइसकेपश्चात हाम्रो यात्रा पुःन सुरु भयो । यस बिच मञ्जुको स्वाथ्य अबस्था निकै कमजोर भयो । उनले मलाइ सुरु बाट नै भनेकी थिइन मलाई आज सन्चो नहोला जस्तो छ । तर मेरै जितले गर्दा उनी टुर हिडेकी थिइन् तर उनको अवस्था अली बढी नै बिग्रीएछ क्यारे त्यसैले उनले पोखरा आफन्तकोमा बस्ने निर्णय गरिन । सबै साथीहरुको लाख प्रयास वाबजुत उनले हामी संगै जान मानिन् । सबै साथीहरुले खिन्न मन बनाउँदै र भित्र भित्रै स्वास्थ्यलाभको कामना गर्दै उनलाई पोखरामा बिदाइ ग¥यौं । यही आशाका साथ कि फर्किदा घलेगाँउ सँगै जाने छौ । उनलाई बिदा गर्दा विहानको करीब २ बजेको हुँदो हो अब हामीलाई बिहान हुनु अगावै म्याग्दीको बेनि बस पार्कमा पुग्नु थियो त्यसैले गाडीको रफतार तेज बढाउदै ड्राइभरले गाडी हाक्न थाले ।

पहाडी भेगको चिसो हावाको अनुभब गर्दै हामी बिहान करीब ७ बजे म्याग्दीको बेनी बस पार्कमा पुग्यांै । त्यँहा पुगेर सबैले बिहानको नित्यकर्म सके पछी हाम्रो टुर को पहिलो अवलोकन स्थल बेनीको तातो पानी थियो । हामी सबै जना तयार भएर सबै सामान बसमा छाडी उकालो लाग्न थाल्यांै । यात्रामा हिड्न सक्ने साथीहरु अगाडी दौडीन थाले । हामी भने बिस्तारै दृश्यहरुको अबलोकन गर्दै फोटो खिच्दंै हिड्यांै । के गर्नु टिम नै त्यस्तै थियो । अन्तिममा रिमा म र भुसाल दाई मात्र हुनुहुथ्यो । जुन टिम टुर को अन्तिम सम्म रह्यो । अहिले सोच्छु टुरमा ति दुई पनि नभएको भए म त एक्लै हुने थिए होला । किनभने मेरो गति कछुवाको र अरु साथीको खरायोको थियो । करिब ४ घण्टाको पैदल यात्रा पश्चात हामी तातोपानी पुग्यौं त्यँहा पुगेर हेर्दा मलाई शिभरात्रीको अबसरमा लाग्ने हथ्यौसा मेलाको याद आयो । किनकी त्यँहाको भिड त्यँहाको भन्दा कम थिएन् सायद धार्मीक र सामाजिक मान्यता बोकेको होला, नदीको किनारमा तातो पानी रहेछ, अरु साथीहरु त पहिले नै त्यँहा पुगेर बसिसकेका रहेछन् ।

 

रिमा र म पनि भिडलाई छिचोल्दै हातमा एउटा बोत्तल लिएर पानी भर्न गयौ, निकै बेरको पर्खाइ पश्चात हाम्रो पालो आयो पानी भ¥यौं र अरुले जस्तै हात मुख धोयौं, पानीको स्वाद थाहा पाउन पनि पानी खाएउ । पानी पिउँदा मलाई एकपटक फेरी प्रकृति साँच्चै रहस्यमय छ भनी निश्कर्षमा पुग्न उर्जा थप्यो । किनभने त्यो पानी साँच्चै आश्चर्यजन थियो र स्वादिलो पनि, त्यँहा विभिन्न पर्यटकहरु स्वदेश तथा विदेशबाट आउने रहेछन । केही समय त्यँहा अवलोकन गरेपछि भोक लागेको आभास भयो, तर त्यतिन्जेल सबै साथीहरु अगाडि गइसकेका रहेछन , अन्तिममा म , रिमा, भुसाल दाई र डिल्लीराज मात्र थियौ । त्यसैले हामी त्यहीको एउटा होटलमा पस्यौ र खाजा खायौं । केही समय आराम गरेपछि हामी त्यँहा बाट हिड्यौ । फर्किदा एउटा होटलमा सबै साथीहरु खाना खान बसेका रहेछन् ।

 

 

हामी पनि तिनीहरु सँगै फर्किन भनि तिनीहरुलाई पर्खियौँ, थाहा छैन मैले यंहा उल्लेख गर्न हुने हो वा होइन, मलाई थाहा छैन यसरी उल्लेख गर्दा सम्बन्धित पात्रहरुलाई नराम्रो मनि लाग्ला तर, यो मैले अनुभव गरेको वास्तविकता हो टुर को पहिलो यात्रामै केही साथीहरुले नशाको साहाराले यात्राको आनन्द लिन थाले, किन हो किन त्यस बेला मलाई भित्रै बाट नरमाइलो लाग्यो । र तिनीहरुलाई सम्झाउन मन लाग्यो, टुर नशाले होइन साथीहरु सँगको सहयात्राले आनन्दित बनाउँछ तर मैले यसो भन्न सकिन सोचे उनीहरुलाई पनि स्वतन्त्रता छ आफ्नो इच्छा माथी गह्रौँ मन लिएर विस्तारै म लगाएत साथीहरु बसपार्क तर्फ फर्कियौं । त्यँहा केही समय आराम गरेर हामी हाम्रो अर्काे गन्तव्य तर्फ लाग्न तयारी ग¥यौं । हाम्रो अर्काे गन्तव्य थियो मुस्ताङ “जोमसोम” बाट करिब ३ किलोमिटर पर पनी अर्काे तातोपानी, तर बाटो निकै साँघुरो र कच्ची भएको कारण हाम्रो बस त्यँहा लैजान नसक्ने भयौ । अब हामीलाई अर्काे गाडी रिर्जभ गर्नुपर्ने भयो तर यसका लागि थप रकमको आवश्यकटा पर्ने भयो । हामी निकै चिन्तित भयौ तर केही समय पछि रमेश, केशव, डिल्लीराज ले त्यँहा पुग्न व्यवस्थापन भइसकेको कुरा बताए । यसो भन्दा हामी निकै खुःशी भयौ ।

साझ करिब ७ बजेतिर हाम्रो बसलाई पोखरा नयांपुल तर्फ पठायौं र हामी तातोपानी तर्फ लाग्यौं । बाटो निकै साँघुरो थियो ता पनि ति डा«इभर ले निर्धक्क पूर्वक गाडी चलाइरहेको थिए । सायद उनको त्यो नियमित क्रियाकलाप थियो क्यारे केही समयको यात्रा पश्चात हामी तातोपानी पुग्यौं । त्यँहा पुग्दा लाग्यो सँसारको चिसो ठाउँ नै त्यही हो ,‘आक्पा लुक्ला’ हिमाल बाट बगेको हिउँनदी र त्यँहाको हावा साँच्चै निकै चिसो थियो । त्यहाँ हामीहरुलाई एउटा होटलमा बास बस्न व्यवस्था मिलाइएको थियो । त्यहाँ हामी एउटा कोठामा ४ जना साथीहरु मिलेर बस्यौं । पहिलो दिनको थकाइले होला खाना खाइसके पछि भने छिट्टै निदायौ । भोलिपल्ट २५ गते बुधवार बिहान करिब ५ बजेतिर हामी उठ्यौं । अघिल्लो दिन राती आएको हुँदा हामीलो केही देखेनौं उज्यालोमा हेर्दा वरपर पहाडले घेरेको बिचमा होटलहरु र उत्तरतर्फ मनोरम हिमशृङ्खलाहरु, त्यो देख्दा भित्र बाट नै आन्नदको महशुस भयो । बिहानको नित्यकर्म सकेर हामी हाम्रो अर्काे गन्तव्यस्थल “घोरेपानी, प तर्फ लाग्ने तयारी ग¥यौं । होटल बाट निकल्ने क्रममा त्यस सुन्दर ठाउँको सुन्दर तस्विरहरु क्यामेरामा कैद ग¥यौं । त्यस ठाउँ पनि साँच्चै जिवनमा सम्झन लायक थियो । बिहान करिब ७ बजेतिर हामी ‘घोरे पानी’ को निम्ति उकालो लाग्न थाल्यौं । ति साँघुरा बाटोहरु मा हिड्दा पनि फराकिलो मन बनाएर हिड्यौं, यो आशाका साथ कि घोरेपानी को रमणिय स्थल वर्षाैबाट हाम्रै प्रतिक्षामा बसिरहेकछ, बाटाभरी ति रङ्गीचङ्गी लालीगुराँसको जङ्गल र सुन्दर हिमालहरुले हामीलाई स्वागत गरेझै लाग्यो र भित्रभित्रै हर्षित र आनन्दित हुन पुग्यों । यात्रा निकै लामो थियो तर मेरो पाइला भने छोटो, जति नै कोशिस गरेता पनि म अन्य साथीहरु संगसंगै हिड्न सकिन र पछि परी रहे त्यहि ३ जनाको ग्रुप कछुवाको ताल । यात्राको क्रममा भुसाल दाई भन्नु हुन्थ्यो कछुवा जति ढिलो हिडे पनि जित उसैको हुन्छ, तर हामी वर्तमानका कछुवा जति ढिलो हिडे पनि जित गर्न सक्थयौं ।

 

 

कल्पनाबाट ब्यूझिदा जितको ट्रफी अर्कैको हातमा हुन्छ । बिहान होटल बाट हिड्दा न खाजा न खाना यतिकै हिडेको हुदा निकै भोक लाग्यो, तर खाना खाने उपयुक्त होटल भेटएका थिएनौं, त्यसैले यात्रा जारी राख्यौ । यात्रामा एउटा रमाइलो घटना घट्यो, अँ यसलाई रमाइलो घटना भन्नु भन्दा संयोग भन्नु उपयुक्त होला,
हामी भन्दा अगाडी जाने हाम्रै ग्रुपका साथीहरुले आराम गर्र्ने क्रममा आफ्नो खाजाको ब्याग छाड्ेका रहेछन् हाम्रो लागि पनि ढुङ्गा खोज्दा देवता भेटे जस्तै भयो, भोक लाग्दा खाजा भेटाउनु ठुलै खजाना हात परे जस्तो लाग्यो हामी पनि ढिला नगरी खान सुरु ग¥यौं । तर यस विच हामीहरु यो सम्म पनि सोच्न भ्याएनौ कि हाम्रो साथीहरुको अवस्था पनि हाम्रो जस्तै होला भनेर ! आशा गर्छु यसलाई साथीहरुले सकारात्मक ढङ्गबाट लिनेछन् । यस यात्राले धेरै कष्ट, धेरै पिडा, धेरै खुशी र उत्साह बोकेको थियो, त्यसैले यी सम्पूर्ण कुराहरुको मिश्रण द्धाा यात्रा अझ अविस्मरणीय बन्यो । यात्रामा जति वेग मारेपनि यस बेला सम्म हामी गन्तव्यको आधा आधी पनि हिडी सकेका थिएनौ, त्यसैले बाटामा भेटिने सबैलाई सोध्यौ “यहाँ बाट घोरेपानी पुग्न कति समय लाग्छ?”हरेक बाट उत्साहजनक जवाफ आउथ्यो “जम्मा ३ घण्टा” ।

 

 

तर हामी जति नै हिडे पनि त्यो ३ घण्टा कहिल्यै पुरा भएन तर हामी हिडी रह्यौ । धेरै उत्साह संगै यात्रा कष्टपुर्ण थियो तर मेरो निम्ति अझ कष्टपुर्ण बनायो नाकबाट तारन्तार भइरहने व्लिडिङ ले यसलाई रोक्ने घरेलु उपाय मात्र एउटा पाटी को पात थियो, जुन यात्रा भरी नै मैले जम्मा गरेर संगै राखे । यसले मलाई केही हदसम्म राहत प्रदान ग¥यो । हाम्रो यात्रा जारी नै रह्यो कति ठाउँमा आराम गर्दै, कति ठाउँमा रमाइलो गर्दै त कति ठाउँमा फोटो खिच्दै हामी संगै त्यो बाटोमा विभिन्न विदेशी पर्यटकहरु पनि हिडिरहेका थिए, तर तिनीहरुको हिडाई संग हाम्रो हिडाई तुलना गर्दा साइकल र मोटरसाईकल को दौड जस्तो लाग्थ्यो । रिमा र म कुरा गथ्यौं यिनीहरु कसरी यति छिटो हिड्न सकेका होलान ? तर हाम्रो कुरा एक आपसमा मात्र सिमित हुन्थ्यो ।

 

यात्रामा पहिलो पटक लालीगँुरास टिपे, हामीले कति लालीगँुरास पर्यटकहरुलाई पनि बाड्यौं र कति खायौं पनि । यहाँ मैले लालीगुँरास पहिलो पटक प्रत्यक्ष देखे र त्यसको स्वाद लिए, अरु साथीहरुको निम्ति यो अनुभव पहिलो नहुन सक्छ तर मेरो निम्ति यो पहिलो र नौलो थियो । कहिल्यै एउटा लालीगुँरास देख्दा निकै आनन्दित भए । आशा गर्छु जीवनमा फेरी त्यसरी नै ति लालीगुँरास को अवलोकन गर्न पाउनेछु । हाम्रो यात्रा निकै लम्बिसकेको थियो । करिब १३ घण्टाको यात्रा पछि हामीले घोरे पानी पुग्ने मुख्य द्धार देख्यौ । त्यो देख्दा हामीलाई धेरै पहिले गुमाएको सामान भेटे जस्तो लाग्यो । त्यँहा बाट माथी होटलको दुरी धेरै टाढा थिएन तर पनि हामीलाई दिन भरिको हिडाइले होला त्यसको दुरी निकै लामो लाग्यो । फेरी हामी हिडि रह्यौं । माथी पुगेर हेर्दा डिल्लीराज र केही साथीहरु मात्र थिए, हामीहरु भन्दा अगाडी हिडेका साथीहरु सायद बिच बाटोमै कहि रोकिएका थिए क्यारे त्यसैले हामी नै छिटो पुग्यौं । छिटो पुग्न पाएकोमा सुशी लाग्यो तर त्यो खुशी क्षणभर रहयो किनकी मौसम ठिक थिएन, पानी पर्न लागिरहेको थियो , कतै बिच बाटो मै भिजाउने त होइन अनायासै साथीहरुको निम्ति मनमा चिन्ता प¥यो । तर फर्किएर खोज्न जाने अवस्था थिएन त्यसैले सबैसंग प्रतिक्षा गर्नु नै उपयुक्त ठाने । केही समय पछि साथीहरु पनि आए र मन खुशी भयो । त्यहां डिल्लीराजले एउटा होटेलमा बस्ने व्यवस्था मिलाइ सकेका रहेछन त्यसैले हामीलाई धेरै होटेल चहार्नु परेन ।
त्यस साँझ होटेलमा खाना बन्दै गर्दा सबैले दोहोरी सँगै रमाइलो गर्न थाले तर दिनभरीको हिडाई र भोकले गर्दा मलाई त्यो दोहोरीमा रत्तिभर पनि सामेल हुन मन लागेन र यतिकै सुतिरहे । केही समयपछि खाना पाकेको खबर आयो हामी सबै खानाखान गयौं । भोकले गर्दा सबै जना खाना खान हतार गर्दै थिए र म पनि,
भोकले चरम सिमा पार गरिसकेको थियो कि ? त्यस होटेलमा खाना कसले बनाइरहेको थियो र कसले दिइरहेको थियो मैले हेर्न सम्म सकिन, त्यतिबेला को मेरो अवस्था जस्ताको त्यस्तै भन्दा साँच्चै निकै नाजुक थियो । अझ त्यस माथी त्यो खाना यति सादा थियो कि मेरो घाँटिबाट छिर्न सम्म अनकनाइ रह्यो । त्यस साँझ मैले दालको रसले पेट भर्नु प¥यो, तर मैले केही सहनु पर्छ भन्ने कुर प्रत्यक्ष देखि सकेको थिए । साँझको खाना पछि सबैजना सुत्न गए । त्यो रात साँच्चै कष्टपुर्ण थियो । यसरी भ्रमण को तेस्रो दिन सकियो ।

 

भोलिपल्ट २६ गते विहिवार बिहान करिब ४ बजेको थियो होला , केशवले सबेलाई उठाउदै हिँडे । हामीलाई ४ बजै नै उठनु पर्ने कारण १ घण्टे उकालो पार गरेर त्यो सुन्दर पुनहिल पुगि हिमालको कोखबाट निस्किएको सुन्दर सुर्याेदय हेर्नु थियो । त्यसैले सबैजना हतार हतार बिहानको नित्यकर्म सकेर पुनहिल तर्फ लाग्न तयार भयौ । तर भूल बस हामी माथी जानु पर्नेमा तल गएछौं र हामीले भुललाई सच्चाउँदै उकालो लाग्न थाल्यौ । अलिकति उकालो चढेपछि हामीले सेता च्यादर ओढेर बसिरहेका हिमशृङ्गखलाहरु देख्यौं त्यो देख्दा मलाई सपना जस्तो लाग्यो । किनकी मैले कहिल्यै हिमाललाई यति नजिक बाट देख्छु भनेर कल्पना पनि गरेको थिएन । तर त्यो सपना थिएन । यतिकै मा म एउटा निश्कर्षमा पुगे हामी पुग्नु पर्ने पुनहिल यहि त रहेछ नि किन १ घण्टा लाग्छ भनेर ढाटेका होलान् ? तर यस पटक मेरो ठम्याई गलत भयो त्यो पुनहिल रहेनछ । त्यँहा बाट अझ ४५ मिनेट उकालो हिड्नु पर्ने रहेछ । के गर्नू मेरो खुट्टाले भने पाइला चाल्ने विर्सिसकेछ , जतिनै कोशिस गर्दा पनि म साथीहरु संग हिड्न सकिन । यस पटक भने रिमा निकै जागरका साथ अगाडि बढिरहेकी थिइन, त्यसैले उनी म भन्दा अगाडि पुगिन । केही समयको हिडाई पश्चात एउटा समथर ठाउँ आयो त्यँहा बाट हिमाललाई आफ्नै अगाडि पाउदा साँँच्चै हिमाल मै पुगे जस्तो भान भयो , अझ थरीथरीका लालीगँुरास देख्दा यो मन यसै रमायो ।

र हिजो त्यति कष्ट सहेर यात्रा गरेको सार्थक भए जस्तै लाग्यो । अब मलाई अगाडीको यात्रा पुरा गर्न मन लागेन त्यसैले त्यहि बसे । म संग रमेश, भुसाल दाई, शुशिल दाई, कुमार सर, दिपक सर पनि संगै हुनुहुन्थ्यो । हामी मध्ये कसैले पनि अगाडि को यात्रा पुरा गर्ने प्रयत्न गरेन । बरु हामीले त्यहा धेरै तस्विरहरु खिचायौँ । केही समय पछि रमेश र म बाहेक ४ जना पुनः होटेलमै फर्किनु भयो । हामी भने साथीहरुलाई कुर्न थाल्यौं , केही समयपछि सबै साथीहरु आए अनि धेरै स्वदेशी तथा विदेशी पर्यटक पनि पहिले सुनसान भएको त्यो ठाउँ पछि मेला लागे जस्तै भयो । सबैजना फोटो खिच्न मै मस्त थिए । हामीहरुले पनि साथीहरु संग फोटो खिचायौं । केही समय पछि रिमा संग भेट भयो अनि उनले ल्याएको पुनहिलको फोटो हेर्दा मनमनै आफु नगएको मा पछुताए । मलाई पछिमात्र थाहा भयो कि पुनहिल को नामाकरण त्यहाका मेजर ‘टेक बहादुर पुन’ को नाम बाट भएको हो र पुनहिल ३२१० मिटरको उचाइमा रहेछ । त्यसैले त हामीहरुलाई यति चिसो महशुस भएको रहेछ । हिउँ परेको हुनाले होला मौसम निकै चिसो थियो । त्यस पछि हामी पुनहिल बाट फर्कियौ, फर्किदा केशव र रमेश सुरक्षाका निम्ति राखिएका रेलिङ्ग पाइपमा चिप्लेटी खेलेको भिडियो बनाउँदै थिए । त्यसरी खेल्दा पक्कै पनि उनीहरुलाई आफ्नो बालापनको याद आयो होला ।
त्यँहा बाट पुनः हामी होटेलमा फर्कियौ र केही समय पछि सबै कुरा मिलाएर पुनहिल, घोरपानी, त्यँहाको सुन्दर दृश्य, त्यँहाको चिसो हावा र हामी बसेको होटेल संग विदा हुँदै पोखरा नँया पुल तर्फ लाग्यो । फर्कदा पुन ः त्यही क्रम दोहोरियो उकालो चढ्न मात्र होइन ओरालो लाग्न पनि उत्तिकै गाह्रो हुने रहेछ । अन्तिममा म, रिमा, भुसाल दाई, विशाल सर र दिपक सर मात्र थियौं । खाइ कँहा निर हो फोटो खिच्दा रमेश र केशव पनि संगै थिए पछि उनिहरु अगाडि लागे । भुसाल दाई ले हाम्रो हिडाई लाई अलि तेज बनाउन मेरो र रिमाको ब्याग बोकिदिनु भयो तर पनि अवस्था उस्तै रह्यो । उकालो लाग्दा त थियो नै तर ओरालो लाग्दा पनि हातमा एउटा लौरीले साथ छोड्ेन र टुरको अन्तिम सम्म रह्यो । यति बेला हामी टुरको आधा बाटो हिडिसकेका थियौ । त्यसैले भोक लागेको आभास भयो, खाना त होइन तर खाजा खान हामी एउटा होटेलमा पस्यौं । यस टुरमा कुनै १ दिन पनि यस्तो थिएन जुन दिन खाजा र खानाको समय मिलेको होस्, हामीले खाजा खान पसेको होटेल निकै एकान्तमा थियो । चारैतिर पहाड र पहाडको खोचमा एउटा मात्र होटेल, देख्दा ठाउँ रमाईलो तर एक्लै समय विताउन भने निकै डरलाग्दो थियो ।

खाजा खाइसकेपछि हामी त्यँहा बाट हिड्यौ । हामीले जति पाइला अगाडि बढायौ त्यति नै ति सुन्दर लालीगुँरास संगको दरी पनि बढ्दै गयो र विस्तारै हाम्रो आँखा बाट ओझेल प¥यो । बाटामा आउँदा केशवले एउटा लालीगुँरास को फुल दिएका थिए, त्यो फुल मैले जति नै बचाएर ल्याउने कोशिस गर्दा पनि सकिन र अन्त्यमा त्यो त्यतिकै हरायो । फर्किने क्रममा हामीसंगै थुप्रै स्वदेशी तथा विदेशी पर्यटकहरु उकालो चढ्दै र ओरालो झर्दै गरेका भेटिए । तिनीहरु सबैसंग हामी मा जस्तै उत्सुकता र थकान मिसिएको थियो ।

 

हामी यसरी हिड्न थालेको झण्डै ९ घण्टा भन्दा धेरै भइसकेको थियो । यत्तिको हिडाई पछि मात्र हामी पोखरा नंयापुल का निम्ति गाडी लाग्ने ठाउँमा पुग्यौं । त्यँहा पुग्दा अन्य साथीहरुले खाजा खान लागिरहेका थिए र हामी पनि तिनीहरु संगै खाजा खान बस्यौं । केही समयपछि हामीलाई थाहा भयो पोखरा नँया पुल पुग्नका लागि थप अझ पैदल यात्रा गर्नु पर्ने हुन्छ, यो सुन्दा म यात्रामा भन्दा पनि अझ बढि थाके धन्न त्यहि समय एउटा जिप आइपुग्यो र हामी जिपमा जाने भयौ । हामी मध्ये ५ ÷ ७ जना मात्र जिपमा जाने भयौं र अरु पैदल नै आउने भए । करिब आधा घण्टा ४५ मिनेट पछि हामी नँयापुल पुग्यौं । त्यँहा पुग्दा हाम्रो बस र दुई जना व्यक्तिहरु हामीलाई पर्खिरहेको थिए । त्यँहा हामीले अन्य पछाडि आउने साथीहरुको प्रतिक्षा गर्न थाल्यौं र दाईहरु क्यारमबोर्ड खेल्न थाल्नु भयो । हामी पनि त्यहि बस्यौं । लामो समय अन्तराल पछि सम्पूर्ण साथीहरु आइपुगे , उनीहरु आइपुग्दा साझको करिब ७ थियो क्यारे ! त्यसैले पोखरा पुग्न ढिला हुन्छ भनी हामी हतार हतार बस मा बस्यौ र त्यँहाबाट विदा भयौ । केही समय पछि हामी पोखरा पुग्यौं ।

पोखरामा बास बस्नका लागि कुमार सरले व्यवस्था मिलाउनु भएको रहेछ । त्यसैले हाम्रो बस सरासर उहाँले भनेकै होटेलमा पुगेर रोकियो । त्यँहा पुगेर हामी बस बाट ओर्लियौं र हामीलाई दिइएको रुम मा गयौं । त्यँहा हामी सम्पूर्ण टिमको लागि एउटै रुम थियो । राती करिब १० बजेतिर हामीले खाना खायौं । खाना पछि केही साथी मोबाइल चार्ज गर्न, कोहि टि.भि. हेर्न र कोही फेसबुक मा फोटो अपलोड गर्न मा व्यस्त देखिन्थे । तर मेरो लागि भने सधै निन्द्रा नै प्यारो हुने त्यसैले यस पटक पनि कसैसंग कुरा नगरी म सुते र अरु साथीहरु कतिबेला सुते मलाई याद नै छैन । यसरी हाम्रो चौंथो दिन सकियो ।
भोलिपल्ट २७ गते भ्रमणको पाँचौ दिन, हामीले आज पोखराका मुख्य पर्यटकिय स्थललाई भ्रमणको केन्द्र बनाएका थियौं । पोखरामा भ्रमणको प्रसँग अगाडी ल्याउनु पहिले एका बिहानै हाम्रो रुम मा भएको उखरमाउलो भनौ वा नादानी, त्यो घटना साच्चै वर्णन नगरिरहन मैले सकिन । त्यसैले वर्णन गर्दैछु , यदि कसैलाई आधात पु¥याएमा टुरको रमाइलो प्रसँग भनेर बुझने कोशिस गर्न अनुरोध गर्छु र म पनि त्यसरी नै बुझ्छु । एकजना साथी पोखरा घुम्ने खुशीले हो वा भगवान प्रतिको गहिरो आस्थाले हो मन्दिर जान भनि बिहान करिब २ बजे पोखराको चिसो पानीको प्रवाह नगरी नुहाउन थालिन । मैले नुहाएकोमा आपत्ति जनाएको होइन । आपत्ति जनाउनु पर्ने अवस्था त्यतिबेला आयो जति बेला उनले दबतजचययm मा बसेरै गित गाउन थालिन । के उनले यो सम्म पनि सोच्न भ्याइनन् कि अरु साथीहरु सुतिरहेको छन् भनेर ? निन्द्रमा जतिनै मिठो गित गाए पनि त्यो नमिठो नै लाग्छ, अझ पुर्ण रुपमा थाकेको अवस्थामा मैले उनलाई त केही भन्न सकिन तर आशा गर्छु जिवनमा फेरी त्यो अवस्थाको सामना गर्न नपरोस ।
विहानको नित्यकर्म पछि हामी पोखरा भ्रमणको पहिलो केन्द्र बिन्दवासिनी मन्दिर पुग्न भनी त्यस होटेल बाट विदा भयौ । आफ्नो सबै सामान बसमा राखी हामी. बिन्दवासिनी मन्दिर तर्फ लाग्यौं । केही समयको बस यात्रा पछि हामी मन्दिर पुग्यौं । त्यँहा कसैले पुजा गर्ने कसैले फोटो खिच्ने गर्दै थिए । हामीले पनि थुप्रै फोटो खिच्यौं । यस अघि पनि म थुप्रै पटक पोखरा गएको छु तर यस पटक साथीहरु संग जादा निकै रमाईलो लाग्यो । हरेक पटक जाँदा पोखरा मलाई नँया लाग्छ, खोइ कुन गायकले गाएको हो, न आगाडिको न पछाडिको मात्र बिचको शब्द सम्झन्छु “पोखरा त साच्चिकै पोखरा नै रहेछ ।”
केही समय पछि हामी त्यँहाबाट हिड्ने तर्खरमा लाग्यौं तर बसमा आइपुग्दा थाहा भयो केही साथीहरु अझ आइपुगेका रहेनछन्, त्यसैले हामीले उनीहरुलाई पर्खियौं र उनीहरु आएपछि हामी पोखरा फेवाताल तर्फ लाग्यौं । ताल नै तालको शहर भनेर चिनिने पोखरामा साना ठुला गरेर करिव ९ ओटा तालहरु रहेका छन् । केही संरक्षण नपाएर लोप हुने अवस्थामा छन् भने केही लोप हुन बाट आफुलाई बचाउन भरपुर कोशिस गरिरहेका छन् । त्यस्तै मध्ये फेवाताल पनि एक हो । फेवाताल हेर्न वर्षेनी लाखौं स्वदेशी तथा विदेशी पर्यटकहरुको आगमन हुन्छ । फेवातालमा हिमालको प्रति छाया देख्न सकिन्छ, र थुप्रै प्रजातिका माछा तथा जिवहरु पनि, यस पटक साथीहरु अलग भए हामी मन्दिर पुग्दा साथीहरु फर्किसकेका थिए । तर यसको प्रवाह नगरी मैले मनमा कसैलाई भेट्ने तिव्र इच्छा पालेर राखेको थिए । उँहा हुनुहुन्थ्यो ‘महेन्द्र पालिखे’ , २०४८ सालबाट पोखराको ताल बाराहि मन्दिरमा आउने पर्यटकहरुको फोटो खिच्ने फोटोग्राफर । धेरै पहिले मैले उहाको लेख पढेको थिए । फोटो ग्राफी मेरो सौक भएको हुनाले होला मलाई यो लेखले निकै छोयो र त्यति नै बेला मनमा अठोट गरे कि पोखरा जाँदा एक पटक पक्कै भेट्छु । आज त्यो अठोट पुरा गर्नका निम्ति म मन्दिर पुगे । त्यँहा मैले सोचे अनुरुप ‘पालिखे’ दाईलाई देख्दा वर्षाेको तपस्या पुरा भए जस्तो लाग्यो । मैले उँहा संग धेरै कुरा गरे र थुप्रै फोटो पनि खिचाए । मेरो अनुरोधमा भुसाल दाई, रिमा र अन्य ४ जना साथीहरुले पनि ग्रुप फोटो खिचाए । तर यतिन्जेल निकै ढिलो भइसकेको रहेछ । रमेशले तारन्तार फोन गरिरहे, त्यसैले हामी पनि ‘पालिखे’ दाइलाई पुनः भेट्ने भन्दै त्यँहा बाट विदा भयौं ।
फेवाताल बाट हामीलाई ‘डेविस फल्स’ जानु थियो, तर यो घटना पनि यस टुर को बेस्वादिलो पक्ष जस्तो लाग्छ, मलाई । हामीलाई बसले छाड्यो, बसले के भन्नु साथीहरुले छाडे । यसपटक म, रिमा, भुसाल दाई । दोस्रो वर्षका ४ जना साथीहरु थियौं । बसले छाडि सकेपछि हामी अलपत्र रुपमा पोखराका गल्लिहरु चहार्न थाल्यौं घाम पनि उस्तै चर्काे र भोक पनि उस्तै लागेको, यसै बिच दोस्रो बर्ष कि साथी, मलाई नाम ठ्याक्कै थाहा भएन, तर त्यति बेला उनी र उनको दिदी नभएको भए हामी घण्टौ भोकभोकै पोखराको गल्लीहरुमा भौतारिने थियौ होला । उनकी दिदी नेपाल प्रहरीमा हुनुहुदो रहेछ,

 

 

उहाँकै सहयोगले हामीलाई प्रहरी भ्यानले गन्तव्य सम्म ल्याई पु¥यायो । त्यति बेला मलाई ति छाडेर जाने साथीहरु प्रति गुनासो र गन्तव्य सम्म पु¥याउने प्रति धन्यवाद दिन मन लाग्यो । हामी पुग्दा साथीहरु ‘ड्विट फल्स’ घुमि सकेका रहेछन र गुप्तेश्वर तर्फ जान लागेका रहेछन् । हामी पनि टिकट काटेर ‘ड्विट फल्स’ भित्र छि¥यौं । अरु साथीहरु खुशी भए र फोटो खिच्न थाले । तर अघिको घटनाले मेरो मनमा यसरी जरो गाढ्यो कि मलाई त्यँहा कुनै रमाईलो को महशुस भएन । भुसाल दाइ भने मेरो यस अवस्थाले निकै चिन्तित हुनु भएछ क्यारे हँसाउने कोशिस गर्दै हुनुहुन्थ्यो । तर धेरै प्रयास गर्दा पनि म उँहा संग हाँस्न सकिन । केही समय पछि हामी त्यँहाबाट निस्किएयौं र गुप्तेश्वर मा गयौ । त्यँहा सबै साथीहरु टिकट काटेर भित्र गए तर मलाई जान मन लागेन त्यसैले साथीहरुको बाहिर नै प्रतिक्षा गरे । केही समय पछि साथीहरु आए र हामी त्यँहाबाट निस्कियौं । यति बेला सम्म भोकले चरमसिमा पार गरि सकेको थियो, तर पनि खाजा खाने अवसर मिलेको थिएन । र त्यसरी नै हामी अन्तराष्ट्रिय संग्रालयमा पुग्यौं । त्यँहा भने मैले आफनो भोकलाई रोक्न सकिन र संग्रालय हेर्न नगई रिमा, म र भुसाल दाई खाजा खान गयौं । केही समय पछि सबै साथीहरु जम्मा भयौ । यतिन्जेल दिउँसोको २ बजिसकेको थियो । त्यसैले हाम्रो अर्काे गन्तव्य घलेगाउँ तर्फ लाग्न का निम्ति पोखरा बाट विदा भयौ । आज सम्म हाम्रो भ्रमणको ५ दिन बितिसकेको थियो तर मन्जुको कुनै खबर थिएन । फर्कदा घलेगाँउ संगै जाने भनेता पनि उनी बेखबर थिइन । त्यसैले हामी पोखरा बाट हिडेको खबर गरे र उनले पनि दमौलि भेट्ने भनिन् । दमौलिमा भेट त भयो तर अहिले पनि उनी हामी संगसंगै जान मानिन् । सायद यसमा उनको आन्तरिक कारणहरु हुन सक्छन् , त्यसैले कर गरेर सोध्ने कोशिस गरिन ।
अब हाम्रो टुरको गाडी तेज रफटारमा अगाडी बढ्यो, किनभने हामीलाई हाम्रो अर्काे गन्तव्य ‘घलेगाँउ’ ले पर्खिरहेको थियो । तर यस बिच मेरो कत्ति साथीहरुलाई मेरो व्यवहार फरक लाग्न सक्छ । अनि मलाई स्वार्थीको संज्ञा पनि दिन सक्छन्, आशा छ यस लेख पछि त्यो बुझाई हट्नेछ । हो त्यति बेला मेरो व्यवहार परिर्वतन भएको थियो तर व्यवहार परिर्वतन गर्न बाध्य बनाउने अरु केही नभएर त्यो हरेक समय बजिरहने लोक भाका का गितहरु थिए । म लोक गितहरु सुनिरहने मान्छे पनि होइन तर मन नै नपर्ने पनि होइन । भन्छन नि चिनी बढि खायो भने तितो हुन्छ, त्यस्तै लोक गित बढि सुन्यो भने दिमागमा ह्याङ हुन्छ । मैले लगातार ५ दिन बाट एउटै गित सुनिरहेको थिए । त्यसैले म आजित भइसकेको थिए जुन कुरा मेरो व्यवहार बाट झल्किन्थ्यो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation