असार ७, प्युठान : प्यूठानमा थप १४ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या प्यूठानमा ९५ पुगेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । यसअघि जिल्लामा ८१ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो पटक थपिने संक्रमित प्यूठान नगरपालिकाका ९ जना, माण्डवी गाउँपालिकाका एक जना, नौवहिनी गाउँपालिकाका तीन जना र गौमुखी गाउँपालिकाका एक जना रहेका छन् ।
माण्डवीमा यसअघि कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएर आइसोलेसनमा बसेका ६ जनाको पूनः परीक्षण गर्दा पुनः रिपोर्ट पोजिटिभ नै देखिएको स्वास्थ्य कार्यलय प्युठानका प्रमुख सुवेदीले बताए ।