बुद्धभुमि नगरपालिका वडा न.४ को सार्वजनिक सुनुवाई कार्यक्रम आज बुद्धभुमिको सामुदायिक भवनमा सम्पन्न

असार २२,२०७७

सुरज के.सि, बुद्धभुमि नगरपालिका वडा न.४ कोसार्वजनिक सुनुवाई कार्यक्रम आज बुद्धभुमिको सामुदायिक भवनमा सम्पन्न भएको छ । बुद्धभुमि नष्रपालिका वडा न.४ को आयोजना, किडाक नेपालको समन्वय तथा सहकार्यर मेरो साथी एफ एमको सहजिकरणमा सार्वजनिक सुनुवाईको आयोजना भएको थियो । वडाले कालोपत्रे तथा पि.सि.सि वा व्लक गर्ने योजनाहरु,नाली नियन्त्रण तटबन्ध,सडक स्तरोन्नतीका योजनाहरु,भवन निर्माण,नाली निर्माण,धार्मिक स्थलहरु ,सिचाई तर्फको योजनाहरु,पर्यटकीय स्थलहरु निर्माण,शिक्षा तथा खेलकुद योजनाहरु,खानेपानी तथा सरसफाई विष्त व्यावस्थापन कार्यक्रमहरु जस्ता कार्यक्रमहरु बुद्धभुमि नगरपालिका वडा न.४ ले आ.व.२०७६।७७ को योजनाहरु बनाएको छ । साथै आ.व. २०७५।७६ मा कालोपत्रे तथा पि.सि.सि वा व्लक गर्ने योजनाहरु,नाली नियन्त्रण तटबन्ध,सडक स्तरोन्नतीका योजनाहरु,भवन निर्माण,नाली निर्माण,धार्मिक स्थलहरु ,सिचाई तर्फको योजनाहरु,पर्यटकीय स्थलहरु निर्माण,शिक्षा तथा खेलकुद योजनाहरु,खानेपानी तथा सरसफाई विष्त व्यावस्थापन कार्यक्रमहरु जस्ता कार्यक्रमहरु बुद्धभुमि नगरपालिका वडा न.४ ले योजनाहरु बनाएर काम सम्पन्न गरेको छ । कार्यक्रममा बक्ताका रुपमा बुद्धभुमि नगरपालिका वडा न.४ का पडाअध्यक्ष पवन कुमार थारु,वडासदसयहरु खिमकला पाण्डे,लोक प्र.खनाल,जगमनोवा थारु,रामकला नेपाली,स्वास्थ्य शाखा प्रतिनिधि बोमलाल भण्डारी,वडा सचिव पुस्पा गैरे।किडाक नेपालका प्रतिनिधि अमर विक रहनु भएको थियो । कार्यक्रममा उठेका प्रस्न माथि संबन्धित निकायका सरोकारवालाहरुले जवाफ दिनु भएके थियो । बुद्धभुमि नगरपालिका वडा न.४ का पडाअध्यक्ष पवन कुमार थारुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शारदा के.सी ले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation