बुटवल, प्रदेश नं. ५ को प्रदेश सभामा नेपाली कांग्रेसको संसदीय दलको नेताको रुपमा प्रदेश सभा सदस्य विरेन्द्र कुमार कनौडिया सर्वसम्मत ढंगबाट चयन गरेकाे छ । प्रदेश सभा बैठकमा सबै भन्दा कम उपस्थित भएर चर्चा कमाउने नेता कनाैडियालाइ प्रदेश सभामा नेपाली कांग्रेसको संसदीय दलको नेताको रुपमा चयन गरेकाे हाे । नेपाली कांग्रेसबाट प्रत्यक्ष निर्वाचित र समानुपातिक रुपमा चयन भएका १९ जना प्रदेश सभा सदस्यहरुले नेता कनोडियालाई सर्वसम्मत ढंगबाट संसदीय दलको नेताको रुपमा आज चयन गरेको नेपाली कांग्रेसका नेता राजेश आचार्यले जानकारी दिएका छन् ।
कांग्रेसका तर्फबाट कपिलवस्तुको निर्वाचन क्षेत्र–३ को २ बाट प्रदेश सभामा निर्वाचित भएका उनि दुई वर्षको अवधिमा १ सय १५ दिन प्रदेश सभाको बैठक बस्दा उनी ४३ दिनमात्रै उपस्थिती जनाएका थिए । निर्वाचनकाे समयमा ठूला ठूला बाचा गरेका कनाैडिया निर्बाचन क्षेत्रमा बिरलै देखिने मतदाताकाे गुनासाे छ ।