कसैको हमला सह्य नहुने भारतीय विदेशमन्त्रीको चेतावनी

भारत र चीनबीच पछिल्लो समय सीमा रेखामा भइरहेको विवादलाई जोड्दै भारतका नेताहरूले कडा अभिव्यक्ति दिन थालेका छन् । पछिल्लो समय सीमा विवाद सुल्झाउन दुई देशका अधिकारी बारम्बार संवादमा त छन् तर अहिलेसम्म कुनै उपलब्धि हुन सकेको छैन । 
यहीबीच भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार कडा अभिव्यक्ति दिएका छन् । उनले कुनै पनि देशले आफ्नो देशमाथि हमला गर्दा आफूहरूलाई सह्य नहुने बताएका हुन् ।भारतको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा सिंहले भनेका छन्, ‘हामी राष्ट्रिय सुरक्षाको दायरामा जे पनि गर्न तयार छौँ । हामी सधैं आत्मरक्षाका लागि युद्ध गर्न तयार छौँ ।’ उनले भारतले पहिले युद्धको सुरुवात नगरे पनि कसैको हमला सह्य नहुने बताएका छन् । ‘भारतले मन जित्नेमा विश्वास गर्छ,’ उनले भनेका छन्, ‘हामी हाम्रो जमिन र हाम्रो आत्म सम्मानमा ठेस पुग्न दिँदैनौँ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation