तौलिहवा– नागरिक अनुगमन समिति कपिलवस्तुले नगरपालिकाको जमुवार पुल देखि छोट्की तौलिहवा सम्म निमार्ण भईरहेको हुलाकी राजमार्ग अन्तर्गतको नालि निमार्ण कार्य गैर जिम्मेवारी तरिकारले अगाडी बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुलाई ध्यानाकषर्ण गराएको छ ।
समितिले राजमार्गको नाली निमार्ण कार्य बजार क्षेत्रनै कुरुप देखिने गरि बाङ्गो टिङ्गो तरिकाले अगाडी बढाईएको भन्दै उक्त कार्य तत्त्काल रोकी व्यवस्थित तरिकाले नाली निमार्णको लागि समन्वय गर्न माग गर्दै प्रशासन समक्ष ध्यानाकषर्ण पत्र पेस गरेको हो ।
ध्यानाकषर्ण पत्रमा हुलाकी सडक आयोजनाले पटक पटक केन्द्र बिन्दु परिबर्तन गर्दा सडकमा घर पर्ने घर धनिहरुले पटक पटक घर भत्काउने र बनाउने अबस्था श्रृजना भएको छ, जस्ले गर्दा कोरोना माहामारी र बर्षाको समयमा सडकको छेउमा घर भएका घर धनिहरु पिडित भएका छन्। एकै पटक केन्द्र बिन्दु निश्चित गरी भौतिक संरचनाहरु पछाडी हटाउनको लागि समन्वय गरिदिन एवं नालि तथा सडक निर्माण कार्य तिब्र गतिमा गर्न गराउनमाग गरिएको छ ।
सो विषयमा हुलाकी परियोजनाका अधिकारीलाई पटक पटक आग्रह गर्दा पनि अटेर गरे पछि बाध्य भएर ध्यानाकर्षण गराउन बाध्य भएको पत्रमा उल्लेख गरिएको छ। जिल्ला प्रशासन कार्यालयको अगाडी देखि दक्षिण तर्फ अस्पतालसम्म र नयाँ टोल देखि उत्तर तर्फ सर्प जस्तै टेढो मेढो हुने गरि निर्माण भईरहेको नाली निर्माण कार्य सुधार गर्न लगाई शहरलाई कुरुप हुन बाट जोगाउन अनुरोध गर्दछौ पत्रमा उल्लेख गरिएको छ ।
नागरिक अनुगमन समितिका तर्फबाट संयोजक राजु प्रसाद अर्यालद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र बुझ्लैसहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले सो बारेमा आफुहरुले हुलाकी आयोजनाका प्रमुख संग छलफल गर्ने बताएका छन् ।
ज्ञापन पत्र जस्ताकाे त्यस्तै
श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु
विषयः हुलाकी सडकको नाली सुधार गरि सहरको सुन्दरीकरण गर्ने सम्बन्धमामहोदय,
उपरोक्त सम्वन्धमा कपिलवस्तु नगपालिका भित्र जमुवार पुल देखी छोटकी तोलिहवा सम्म निमार्ण भईरहेको हुलाकी राजमार्ग अन्तरगतको नाली निमार्णमा गुणस्तरहिन सामाग्रीहरु जस्तै कंकड मिसिएको गिट्टी, माटो लतपतिएको ढुंगा र १ः२ः४ मसलाको सट्टा १ः४ः८ को मसला प्रयोग गरि काम अगाडी बढाए पछी यहाँ प्रमुख जिल्ला अधिकारी समक्ष नागरिक अनुगमन समितिले मौखिक उजुरी गरेको यहाँलाई सर्बबिदिति नै छ ।
ततः पश्चात यहाँले स्थलगत अनुमगन गरि निमार्ण कम्पनीका ईन्जिनियर र हुलाकी सडक परियोजनाका ईन्जिनियरलाई गुणस्तरिय कार्य गर्न निर्देशन दिए पश्चात केही सुधार भई काम अगाडी बढिरहेको छ ।
वास्तवमै हामी तौलिहवा बासीहरु हर्सित छौ राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग जुन हामीहरुको जिवन रेखा नै हो, उक्त निमार्ण कार्य दशकौको प्रतिक्षा पछि निमार्ण हुंदा हामीलाई विकासको मुहान फुटेको महसुस भईरहेको छ । उक्त राजमार्ग निमार्ण कार्य गुणस्तरिय, सुन्दर र हामीहरुलाई गौरव गर्न लायक बन्नु पर्छ त्यसका लागि हामी सबै कपिलवस्तु बासीहरुको सरोकार रहिरन्छ ।
यसै क्रममा हाल नालि निमार्ण भईरहदा सडकको केन्द्र बिन्दु परिवर्तन गरि पुरै शहर नै कुरुप देखिने गरि नाली निमार्ण टेढो, मेढो तरिकाले बनाउने कार्य भईरहेको छ । सो बारेमा सुधारको लागि सम्बधीत हुलाकी परियोजनाका अधिकारीहरुलाई आग्रह गर्दा अटेर गरे पछी बाध्य भएर यहाँको ध्यानाकषर्ण गराउन हामी उपस्थित भएका छौ । जिल्ला प्रशासन कार्यालयको अगाडी देखी दक्षिण तर्फ अस्पताल सम्म र नयाँ टोल देखी उत्तर तर्फ सर्प जस्तै टेढो, मेढो हुने गरि निमार्ण भईरहको नाली निमार्णको कार्य सुधार गर्न लगाई सहरलाई कुरुप हुनबाट जोगाउन यहाँ समक्ष अनुरोध गर्दछौ ।
साथै पटक–पटक केन्द्र बिन्दु परिवर्तन गर्दा सडकमा पर्ने घर धनिहरुले पटक पटक घर भत्काउने र बनाउने अवस्था सृजना भएको छ । जस्ले गर्दा कोरोना महामारी र बर्षाको समयमा सडकको छेउ छाउमा घर भएका घर धनिहरु प्रताडित भएका छन् । त्यसैले एकै पटक केन्द्र बिन्दु निश्चित गरि भौत्तिक संरचनाहरु पछाडी हटाउनको लागि समन्वय गरिदिन एंव नाली तथा सडक निमार्ण कार्य थप तिव्र गतिमा गर्न गराउन पहल गरिदिनहुनको लागि समेत अनुरोध गर्दछौ ।
राजु प्रसाद अर्याल
संयोजक
नागरिक अनुगमन समिति