कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा १ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।लुम्बिनी सांस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य चौकीमा कार्यरत एक जना सिनियर अनमीको भैरहवास्थित भीम अस्पतालमा मृत्युु भएको हो ।रुपन्देहीमा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको यो पहिलो घटना हो । २० वर्षदेखि स्वास्थ्य सेवामा कार्यत उनी कात्तिक १८ गते अस्पताल भर्ना भएकी थिइन् ।उनमा निमोनिया देखिएको र प्लाज्मा थेरापी दिएको भए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।