उज्यालो पोष्ट,असोज १२, सैनामैना
सैनामैना -रुपन्देहीको सैनामैना नगरपालिकामा ट्रकको ठक्करबाट आमा छोराको ज्यान गएको छ ।
मंगलबार बिहान करिब ५ बजेतिर पुर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जादै गरेको लु ८ ख ४४११ नं को मालबाहक ट्रकले पैदलयात्री आमा छोरालाई ठक्कर दिदाँ उपचारको क्रममा उनीहरुको बुटवलमा ज्यान गएको हो । ज्यान जानेमा सैनामैना ५ बुद्धनगरस्थित राधा भट्टराई र अन्दाजी २२ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । उनीहरु आमा छोरा हुन् ।
प्रत्यक्षदर्शिका अनुसार पस्चिम बाट पुर्व तर्फ जादै गरेको उक्त मालवाहक ट्रक तिव्र गतिमा रहेको र अनियन्त्रित भै कालोपत्रे देखि ५मि बाहिर उभिएका आमाछोरालाई ठक्कर दिएको बताएका छन।साथै स्थानियले सडक विभागको लापरवाहिले बुद्दनगर चोकमा रहेको खाल्डोका कारन सवारिहरु कालोपत्रे छाडेर चलाउदा पैदल यात्रुलाई जोखिम बढेकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन।भने चालकको गम्भिर लापरवाहिको कारन उक्त दुर्घतना भएकाले दोसिलाई हदै सम्मको कारवाहि हुनुपर्ने र पीदितलाई उचित क्षतिपुर्ति सहित न्याय दिनुपर्ने स्थानियले माग राखेका छन।
ठक्करबाट गम्भिर घाइते भएका उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो ।ठक्कर दिने ट्रक र राप्ती नगरपालिका चितवनका चालक धनराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।