रुपन्देहीमा मोटरसाइकल र साइकल ठोक्किँदा ३ जना घाइते

उज्यालो पोष्ट, १५ आश्विन २०७८

बुटवल । रुपन्देहीमा मोटरसाइकल र साइकल एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका छन् ।

जिल्लाको गैडहवा गाउँपालिका–६ गुलुरियामा शुक्रबार दिउँसो भारतीय नम्बर प्लेटको यूपी ५५ डब्लु ९६३० को मोटरसाइकलले र साइकल एक आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा परी ३ जना घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख योगेन्द्रसिंह थापाले बताए ।

घटनास्थलमा भैरहवाको प्रहरी टोली जाँदै गरेको थापाले बताए । घटनाका बारेमा पूरा विवरण आउन अझै बाँकी रहेको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation