यू–२३ एसियन कप छनोट आज नेपाल र लेबनान भिड्दै

काठमाडौं । ताजिकिस्तानमा जारी एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज आइतबार लेबनानसँग प्रतिस्पर्धा गर्दैछ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने नेपाल र लेबनानबीचको खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।

नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । किनकि दुबै टिम अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

तर, लेबनानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । नेपाल जित निकाल्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ । लेबनान पनि नेपाललाई हराएर छनोटको सुखद अन्त्य गर्न चाहन्छ ।

छनोटको समूह ुबीु मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो ।

नेपाल समूहको पुछारमा रहेको छ । नेपालले अंक जोड्न सकेको छैन ।

लेबनान पनि अंक विहीन रहेको छ । लेबनान तेस्रो स्थानमा रहेको छ ।

यस समूहमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ ।

इरान ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

 

यस समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् ।

यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् ।

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation