मंसिर ३ गतेबाट ए डिभिजन लिग सुरु

काठमाडौं ।
सहिद स्मारक ए डिभिजन लिग २०७८ मंसिर ३ गतेबाट सुरू हुने भएको छ।

यसअघि कात्तिक २९ बाट सुरू हुने भनिएको लिग चार दिन सरेको हो। अब लिगका खेलहरू शुक्रबार, शनिबार र आइतबार मात्र हुनेछन्।

लिगको पहिलो खेलमा सातदोबाटो युवा क्लब र फ्रेन्ड्स क्लबबीच मंसिर ३ गते साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ।

लिगको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनबाट हुने भएको छ। कान्तिपुरले एन्फासँग एक बर्षका लागि प्रशारण अधिकार लिएको हो।

यसपटकको ए डिभिजन लिग विभिन्न चारवटा मैदानमा गर्ने तयारी गरिएको छ।

लिगमा १४ टिमले सहभागिता जनाउँदै छन्। लिगमा १३ राउण्डको ९१ खेलबाट लिगको विजेता टुंगो लाग्ने छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation