टी–२० विश्वकपमा स्थान बनाउन नेपालले आयरल्यान्डसहित ७ टिमसँग प्रतिस्पर्धा गर्ने

सन् २०२२ को अक्टोबर(नोभेम्बरमा अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकपअन्तर्गत विश्व छनोटमा सहभागी टिमको समूह विभाजन गरिएको छ।

विश्व छनोटको समूह विभाजनमा नेपाल समूह एु मा परेको छ। साउथ चाइना मर्निङ पोस्टले स्रोतलाई उधृत गर्दै लेखेको समाचारअनुसार विश्व छनोटको समूह ुएु मा नेपालसहित आयरल्यान्ड, ओमान, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई परेका छन्।

यो समूहको खेल आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुनेछ। मस्कटको ओमान क्रिकेट एकेडेमी मैदानमा हुने छनोटबाट शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्।

यता समूह ुबीु मा भने आयोजक जिम्बावेसहित हङकङ, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्युगिनी, जर्सी, सिंगापुर र अमेरिका परेका छन्। यो समूहको खेल भने आगामी जुलाई ८ देखि १८ सम्म जिम्बावेको हारारे स्पोर्ट्स क्लबमा हुनेछ। यो समूहबाट पनि शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्।

१६ टिमबीच प्रतिस्पर्धा हुने टी–२० विश्वकपमा १२ टिम भने छनोट भइसकेका छन्।

सन् २०२१ को टी–२० विश्वकपको सुपर १२ मा पुगेका अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिजले सन् २०२२ को टी–२० विश्वकपमा स्थान सुरक्षित गरेका थिए। अस्ट्रेलिया आयोजकको हैसियतमा यसअघि नै विश्वकपमा छनोट भइसकेको थियो।

१६ टिम विश्व छनोटमा पुगेकोमा ४ टिम विश्वकपमा पुग्ने प्रावधान छ।

विश्व छनोटमा नेपालले प्रतिस्पर्धा गर्ने दुई महिनाअघि नै पक्का भएको थियो। आइसिसीले दुई महिनाअघि नेपालसहित चार देशलाई वरीयताका आधारमा विश्व छनोटमा प्रवेश दिएको थियो।

हाल टी–२०० विश्व वरीयताको १२औं स्थानमा रहेको नेपालका लागि विश्व छनोट एउटा अवसर हुन सक्छ।

विश्व छनोट आउन दुई महिना बाँकी रहेको अवस्थामा नेपालले अझै तयारी थालेको भने छैन।

डेभ वाटमोरले राजीनामा दिएपछि नेपाली टिमको प्रमुख प्रशिक्षक पद खाली छ। क्यानले प्रमुख प्रशिक्षकका लागि दरखास्त आह्वान गर्दै प्रशिक्षक नियुक्त प्रक्रिया अघि बढाएको अवस्था छ।

सम्भवतस् नेपालले टी–२० विश्व छनोटको तयारी नयाँ प्रशिक्षक नियुक्त भएपछि गर्नेछ।

सन् २०१४ को टी–२० विश्वकप खेलेपछि नेपालले टी–२० विश्व छनोटमा सफलता हात पारेको छैन।

नेपालले दुई वर्षअघि सिंगापुरमा एसिया छनोट खेलको थियो। जहाँ नेपालले खराब प्रदर्शन गर्दा सन् २०१२ पछि विश्व छनोट खेल्ने अवसर गुमाएको थियो।

नेपालले सन् २०१२ भएको युएईमा भएको विश्व छनोट खेलेको थियो। त्यतिबेला नेपाल सातौं भएको थियो।

नेपालले सन् २०१३ को विश्व छनोटमा भने उत्कृष्ट खेलेको थियो। जहाँ नेपाल तेस्रो हुँदै सन् २०१४ को टी–२० विश्वकप पुगेको थियो।

सन् २०१५ को विश्व छनोटमा भने नेपालको प्रदर्शन राम्रो हुन सकेन। आयरल्यान्ड र स्कटल्यान्डमा भएको प्रतियोगितामा समूहको पुछारमा रहदै बाहिरिएको थियो।

सन् २०२२ मा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउन लागि नेपालले विश्व छनोटमा उत्कृष्ट प्रदर्शन गर्नु पर्ने हुन्छ। ८ टिमको समूहमा उत्कृष्ट दुईभित्र पर्न सके मात्र नेपालले ८ वर्षपछि टी–२० विश्वकप खेल्नेछ।

२०२२ विश्व छनोट

समूह ए (ओमान) १५ देखि २५ फेब्रुअरी २०२२० ( नेपाल, आयरल्यान्ड, ओमान, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई दुई टिम विश्वकपमा पुग्ने

समूह बी (जिम्बावे) ८ देखि १८ जुलाई २०२२० जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्युगिनी, जर्सी, सिंगापुर र अमेरिका दुई टिम विश्वकपमा पुग्ने

२०२२ टी–२० विश्वकप

आयोजक अस्ट्रेलिया

आइसिसी टी–२० विश्वकप २०२१ को सुपर १२ मा पुगेका –११ टिम ९अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज

विश्व छनोट समूह ए – २ टिम

विश्व छनोट समूह बी २ टिम

जम्मा– १६ टिम

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation