टर्कीका लिजेण्ड रुस्तुलाई कोरोनाले छोप्यो, अहिले अस्पतालमा

प्रकाशित मिति : १७ चैत्र २०७६ सोमबार

एजेन्सी ।
कोरोना भाईरसको संक्रमणको कारण टर्कीका लिजेण्ड फुटबलर रुस्तु रिकबर अस्पताल भर्ना भएका छन् ।

टर्कीका लागि सर्वाधिक खेल खेल्ने गोलकिपर रुस्तुलाई आइतबार अस्पताल भर्ना गरिएको हो ।

४६ वर्षे रुस्तुको स्वास्थ्य गम्भीर भएपछि अस्पताल भर्ना गरिएको बताईएको छ ।

कोरोनाको संक्रमण अचानक देखिएको र त्यसको लक्षणहरु द्रुत गतिमा फैलिरहेको रुस्तुका श्रीमती इसील रिकबरले बताएकी छिन् ।

बार्सिलोनाका पूर्व गोलकिपर रुस्तुले टर्कीका लागि १ सय २० खेल खेलेका छन् । सन् २००२ को विश्वकपमा टर्की सेमिफाइनलसम्म पुग्दा उनी प्लेयर अफ दि टुर्नामेन्ट चुनिएका थिए ।

उनका दुई बच्चा र श्रीमतीलाई भने कोरोना भाईरस नेगेटिभ देखिएको बीबीसीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation