कोरोनाविरुद्ध लड्न रैनाले गरे ५२ लाख सहयोग

प्रकाशित मिति : १७ चैत्र २०७६ सोमबार

एजेन्सी ।
कोरोना भाईरसको महामारीविरुद्ध लड्न भारतीय क्रिकेटर सुरेश रैनाले ५२ लाख भारतीय रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

ब्याट्सम्यान रैनाले शनिबार सामाजिक संजाल ट्वीटरबाट सरकारको राहत कोषमा ५२ लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।

रैनाले ५२ लाख मध्ये ३१ लाख केन्द्र सरकारको कोष र २१ लाख उत्तर प्रदेशको कोषलाई दिने बताएका छन् ।

‘यो समय कोभिड-१९ लाई हराउँन मद्दत गर्ने हो । कोरोनाविरुद्धको लडाईका लागि म ५२ लाख सहयोग गर्दैछु । तपाईहरु पनि सहयोग गर्नुहोस्,’ भारतीय टिमका नियमित सदस्य उनले लेखेका छन् ।

३३ वर्षे ब्याट्सम्यान रैनाले भारतका लागि १८ टेष्ट, २ सय २६ एकदिवसीय र ७८ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

चीनबाट फैलिएको कोरोनाको कारण भारत पनि प्रभावित भएको छ । भारतमा २१ जनाको मृत्यु भईसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation