जिल्ला प्रहरी कार्यलय सुर्खेतको हिरासत बाट तीन जना थुनुवा भागे

प्रकाशित मिति : २० चैत्र २०७६ बिहीबार

सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका तीन जना थुनुवा भागेका छन्। राति १ बजे तीन जना थुनुवा हिरासतको झ्याल उक्काएर भागेका हुन्। लागु औषध कारोबार अभियोगमा पक्राउ परेका तीन जना राती भागेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाका अनुसार भाग्नेहरुमा वीरेन्द्रनगर–६ का सन्दीप कसेरा, वीरेन्द्रनगर–६ का रोशनराज रेग्मी र वीरेन्द्रनगर–३ का सुनिल थारु रहेका छन्।
उनीहरु तीनै जना लागुऔषध कारोबार अभियोगमा पक्राउ परेको डिएसपी तिम्सिनाले जानकारी दिए। कसेरा २०७६ फागुन २५ गते पक्राउ परेका थिए भने सुनिल थारु चैत १६ गते पक्राउ परेका थिए। रेग्मी २०७६ साउन १६ गते पक्राउ परेका थिए । उनीहरुको खोजी कार्य जारी रहेको डिएसपी तिम्सिनाले बताए । थुनुवा झ्याल नै उक्काएर भाग्दा पनि प्रहरीले भने बिहान मात्र थाह पाएको थियो। यसमा भएको लापरबाही बारे खोजी गरिने डिएसपी तिम्सिनाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation