च्याम्पियन्स लिग र युरोपा लिग अनिश्चितकालका लागि स्थगित

प्रकाशित मिति: बिहिबार, चैत २०, २०७६, 

युरोपियन फुटबल महासंघ (युइएफए) ले युरोपियन च्याम्पियन्स लिग र युरोपा लिग अनिश्चितकालका लागि स्थगित गरेको छ।

युइएफएले बुधबार आफ्ना सदस्य राष्ट्रसँग भिडियो कन्फरेन्स गरेपछि च्याम्पियन्स लिग र युरोपा लिग स्थगित गर्ने निर्णय गरेको हो। 

विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण प्रतियोगिता प्रभावित भएका हुन्। 

च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगका खेल जारी रहदा स्थगित गरिएको थियो। अन्तिम १६ बाट चार टिमले अन्तिम ८ मा स्थान पक्का गर्दा बाँकी ४ खेल भने तोकिएको मितिमा हुन सकेन।

युरोपा लिगको पनि अन्तिम १६ को ६ खेल सकिदा २ खेल बाँकी थियो।

यसैगरी युरो २०२० को प्लेअफ र महिला युरो २०२१ को छनोट खेलहरु पनि स्थगित भएका छन्। यसअघि नै युरोकप २०२१ मा गर्ने गरी स्थगित गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation