मिटरमा देखिएकाे अङ्क टिपाउन र अनलाइन भुक्तानी बुझाउन तौलिहवा वितरण केन्द्रकाे अनुरोध


नेपाल बिद्युत प्राधिकरण तौलिहवा वितरणले कोरोना महामारीका नेपाल सरकारले लागु गरेको लकडाउनका कारणका मिटर रिडहरु उपभोक्ताहरुको जान नसक्ने भएकोले आफ्नो आफ्नो मिटरमा देखिएको अङ्क बिद्युत कार्यालयमा टिपाएर अनलाइ भुक्तानी बुझाउन ग्राहकहरूलाइ अनुरोध गरेको छ ।
केन्द्रले लकडाउनका अवधिमा मर्मत जस्ता अत्या आवश्यक कार्यहरु नरोकिएता पनि मिटर रिडरहरु ग्राहकहरुमा जान नस्क्दा मिटर रिडिङ्ग हुन नसक्ने भएकोले उपभोक्ताहरु स्वम आफ्नो मिटर हेरी मिटरमा देखिएका अङ्क र ग्राहक नम्बर टिपाउन र अनलाइकाे माध्यमबाट रकम भुक्तानी गर्न अनुरोध गरेको हो । बिहिबार एक सूचना जारी गर्दै वितरण केन्द्रले ग्राहकहरुलाई बिहान १०ः०० देखी साँझ ५ः०० बजे सम्म केन्द्रको सम्पर्क नम्बर ०७६–५६१११६ र अन्य समयमा ०७६–५६०२७३ र ०७६–५५०१७३ टिपाउन वा taulihawadc@gmail.com मा इमेल गरि पठाउन अनुरोध गरेको छ ।
यदी कसैले मिटर रिडिङ्ग हुने मिति सम्ममा नटिपाए वा नपठाएमा बिगत महिनाको ईनर्जी खपत अनुसार रेभेन्यू सफ्ट्वरमा अपडे गरिने सूचनामा बताईएको छ ।

साथै वितरण केन्द्रले सम्पुर्ण उपभोक्ताहरुलाई आफ्नो बिल भुक्तानी गर्दा अनलाईन माध्यमबाट भुक्तानी गर्न अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation