लायन्स क्लब अफ सैनामैना बोलबमद्वारा ५००० बढीको आखा परिक्षण !

जेठ-३०, सैनामैना।
सैनामैना नगरपालिकामा क्रियाशिल अन्तररास्टृय संस्था लायन्स क्लव अफ सैनामैना बोलबमले ‘लायन्स ग्र्याण्ड आई केयर क्याम्पेनिङ-५०००!’ अन्तरगत जम्मा ५२६७ जनाको निशुल्क आखा परिक्षण कार्यक्रम सम्पन्न गरेकोछ।
सोमबार र मंगलबार गरि दुई दिन संचालित उक्त कार्यक्रममा नगरपालिका भित्रका बिभिन्न ८ वटा विद्यालयमा अध्ययन गर्ने कक्षा यु.के.जी.देखि कक्षा १० सम्मका विद्यार्थीहरुको आखा परिक्षण गर्दा जम्मा १२७ जना विद्यार्थीहरुमा आखाको समस्या देखिएको र उक्त सबै विद्यार्थीहरुको आवस्यक सम्पुर्ण उपचार लायन्स आखा अस्पत्ताल बुटवल संगको सहकार्यमा लायन्स क्लब अफ सैनामैना बोलबमले गर्ने क्लवका अध्यक्ष जे. बि.क्षेत्रीले बताउनुभयो।
बर्षभर हरेक महिना समाजसेवाका बिभिन्न क्षेत्रमा नियमित कार्यक्रम गर्दै आएको क्लबले जुन महिनाको कार्यक्रम अन्तरगत दुईदिने बृहत आखा परिक्षण तथा निशुल्क उपचारको कार्यक्रम संचालन गरेको हो।
विद्यार्थीहरुमा देखिने आखाको समस्या समयमै पहिचान नहुदा कलिला विद्यार्थीहरुको पठनपाठनमा प्रत्यक्ष असर पर्ने भएकाले सोको पहिचान र निवारणका लागि क्लबले यस कार्यक्रमको आयोजना गरेको सचिव राधा सिन्जालीले बताउनु भयो।
यस आर्थिक बर्षमा नगरपालिका ८ वटा विद्यालयमा आखा सिविर सन्चालन गरेको क्लवले आगामी श्रावणदेखि पुनः अन्य विद्यालयमा समेत नियमित गर्ने योजना रहेको समेत अध्यक्ष क्षेत्रीले बताउनुभयो।
लायन्स आँखा अस्पताल बुटवलको प्राबिधिक सहयोगमा सन्चालित २ दिने उक्त सिविरको सम्योजन लायन राधा सिन्जाली, लायन सौगात भट्टराई, लायन नारायण पौडेल, लायन निर्मला बेलबासेले गर्नुभएहो थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation