प्रविधियुक्त कर्साघाट बनाउन बजेट ब्यवस्थापन गर्छौ – मेयर फणेन्द्र शर्मा

सुरेश परियार,असार १ गते
कर्साघाटको विकासमा सैनामैना नगरपालिकाले चासो देखिएको छ । सैनामैना वडा न.१मा रहेको शव दाह गर्ने कर्साघाटको समुचित ब्यवस्थापन सहितको प्रविधियुक्त आधुनिक घाट बनाउनका लागी आवश्यक बजेट विनियोजन गर्ने सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले उद्घोष गरेका छन् ।
बुधबार सो ठाउँको अनुमगन गर्दै मेयर फणेन्द्र शर्माले मानिसको मृत्यु निश्चित भएकोले शवलाई धार्मिक परम्परा अनुसार दाहसंस्कार गराउन कर्साघाटलाई सुविधासम्पन्न बनाउने तर्फ नगरपालिका लागेको समेत धारणा ब्यक्त गरे ।
मानिसको जन्मदेखि मृत्यु सम्म आवश्यक पर्ने सेवा सुविधा प्रदान गर्न नगर केन्द्रीत भइसकेको बताउँदै मेयर शर्माले सामाजिक क्षेत्रको विकास संगै दिर्घकालिन पुर्वाधार विकासमा जोड दिने दृढता मेयर शर्माले राखे ।
सैनामैना नगरपालिका वडा न.१का वडाअध्यक्ष भुवन क्षेत्री,कर्साघाट ब्यवस्थापन समितिका अध्यक्ष राज बहादुर क्षेत्री,नेपाली कांग्रेसका सैनामैना नगरसचिब अर्जुन पौडेल,कांग्रेस सैनामैना वडा न.१ सभापति पुष्पराज सिग्देल,पत्रकार कृष्ण भण्डारी लगायतले सो घाटको अनुगमन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation