साइनो सहकारीद्वारा गाईबस्तुहरुलाई दाना बितरण

बुटवल , चैत्र २८ । बुटवल उपमहानगरपालिका वार्ड ११ देबिनगर स्थित साइनो बचत तथा ऋण सहकारीको चैत्र २८ गते का दिन १२ औ स्थापना दिबसकाे अवसरमा बुटवल ७ शिवनगर सामुदायीक बनमा रहेको “नन्दनी गौं संरक्षण केन्द्र ” मा दाना तथा नुन सहयोग गरेको छ ।  कार्यक्रममा बुटवल उपमहानगरपालिका  वाड नं ११ का जनप्रतिनिधि वाड अध्यक्ष राम चन्द्र खनालले सहकारी थप सामाजिक उत्तरदायित्व बोध गर्ने खालको बन्नुपर्ने बताए।

उनले सहकारीलाई राज्यले नियम गन गर्ने भन्दा पनि आफ्नै जिम्मेवारी  बोध गर्ने खालको हुनुपर्ने बताए ।सहकारी अध्यक्ष रोम बहादुर कुंवरको अध्यक्षता भएको कार्यक्रममा वाड नं ७ जनप्रतिनिधि वीर बहादुर लामा ,तिनाउ बोडिङ स्कुलका संरक्षक यज्ञमुर्ति पाण्डे,गुप्त बहादुर खत्री ,शुर्य शर्मा सुबेदि, कृष्ण कार्की , टोप लाल शर्मा लगायत बोलेका थिए। कार्यक्रम स्वागत उपाध्यक्ष इस्वरी प्रसाद खनाल र सञ्चालन सचिव यदुमणी पोखरेलले गरेको गरेका थिय । यस सहकरिले बिगत का बर्षहरुमा पनि अपांग आश्रम, मानव आश्रम, बृद्दा आश्रम, दृस्टीबिहिन , मठ मन्दिर लगायत विभिन्न ठाउमा सहयोग गर्दै आयको र यसलाइ निरन्तरता दिई राख्ने सहकारिका सल्लाहकार अर्जुन कुंवरले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation