माधव पाण्डे
पाल्पा, समाज सुधार बाल कल्वको २६ अौ बार्षिक उत्सवको अवसरमा जल्पामा आयोजना गरिएको साविक वडा स्तरिय पुरूष भलिवल, महिला भलिवल साथै भुपु खेल सम्पन्न भएको छ।
चैत २५ गते बाट सुरु भएको खेलमा पुरूष, महिला, भुपु गरि जम्मा ३१ टिम सहभागि भएका थिए। खेलको बिच बिचमा कला साँस्कृति जोगाउने धाटु नाच, मारूनि साथै पन्चेबाजा पनि देखाइएको थियोे । खेल ५ दिन सम्म सञ्चालन भएको थियो जसमा क्रमश पुरूष महिला भुपु प्रथम, दोस्रो र तेस्रो पुरस्कार नगद , मेडल, प्रमाणपत्र साथै फुलमाले सम्मान गरिएको थियोे ।
जसमा पुरुष भलिबल तर्फ प्रथम जपकादि युवा समुहलाई ४००००, दोस्रो समाज सुधार वाल क्लव २५०००, तेस्रो हुने नव दुर्गा युवा क्लव मैदान १५००० त्यसैगरि महिला भलिबल तर्फ प्रथम कानुङ लाङघाली महिला समुह खापुक ५०००, दोस्रो हुने मिलिजुलि महिला समुह हेक्लाङ ३०००, त्यसैगरि तेस्रो हुने दुर्गा टोल महिला समुह साठीकोल २०००, भुपु तर्फ प्रथम हुने ढोलसमारा भुपु ५०००, दास्रो हुने साठिकोल भुपु ३०००, त्यसैगरि तेस्रो हुने महकाल भुपु २००० र सहभागि टिमलाई नगद सहित सम्मान पत्रले सम्मान गरिनुका साथै स्थानीय कलासँस्कृतिक समुहलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।