माओबादि रुपन्देही-गुल्मी सम्पर्क समाजद्वारा सुभकामना आदानप्रदान सम्पन्न

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)गुल्मी-रुपन्देही सम्पर्क समन्वय समितीको आयोजनामा बुधबार बुटवलमा नयाँ बर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुदर्शन बरालले नयाँ बर्षले नयाँ उत्साह सहित सबैको जिवनमा रचनात्मक काम बन्न सकोस् भन्दै शुभकामना दिनु भयो । उहाँले सम्पर्क समन्वयले पार्टी र दुई जिल्लाको जनतासंग पुलको काम गर्न र जनपक्षीय काम गर्न समेत सुझाव दिनु भयो । समितीका अध्यक्ष माधव भण्डारीको अध्यक्षता सचिव फटिक तरामुको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सम्पर्क समन्वय समितीले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation