भारतको दिल्लीमा परम्परागत, प्रसिद्द भैरव नाच पोहिलो पटक प्रदर्शन हुँदै

अर्जुन थापा

परम्परा हाम्रो रितिरिवाज हाम्रो पुर्खा हाम्रो पैरख नेपालि कला सांस्कृति र सम्पदा राष्ट्र को गौरब भने मुल नारा सहित महत्त्वपूर्ण नृत्यको रुपमा लिइने अर्घाखाँची नुवाकोट को भैरव नाच यहीँ आउने आइतबार अर्थात अक्टुबर ८ गतेका दिन भारतको नयाँ दिल्ली स्थित आइ टि ओ ( ITO ) प्यरेलाल भवन मा प्रस्तुत गर्न भएको छ ।

बिबिधताले भरिपुर्ण हाम्रो देश नेपाल प्राकृतिक सुन्दरताले मात्र नभएर बिबिध कला, संस्कृतिले पनि सम्पन्न छ। यहाँ विभिन्न मेलापर्व अनुसार नाचगान, मेला, जात्रा, उत्सबहरु मनाउँदै आइरहेको देखन सकिन्छ । विभिन्न धर्म, संस्कृति र भुगोलका आधारमा समेत भिन्न-भिन्न नाँचगान, झाँकी एबम् अन्य सांस्कृतिक गतिविधिहरु हुँदै आइरहेका छन्। र यो नेपालीको विशेष पहिचान समेत हो। यसै बिच नेपाल को चाडपर्व अनुसार भारत मा पनि यस्को रोनक देखन सकिन्छ सोहि अनुसार भारत मा पनि विभिन्न कार्यक्रम हरु हुदै आइ रहेका छ्न ।

यस्तै विशेष महत्त्व बोकेको संस्कृति मध्ये एक हो भैरव नाच।विशेषत अर्घाखाँची जिल्लामा नेवार समुदायमा प्रचलित यो नाचको छुट्टै महत्व रहेको छ। यसैबीच भारत मा पनि आफ्नो कला सांस्कृति जोगर्ना गर्ने हेतु र धेरै प्रवास मा बसने नानि बाबु ले समेत थाहा नभएको यो भैरव नाच को प्रस्तुति ले नेपाली कलचर र नेपाली मौलिकता के हो भने कुरा बुझ्न् सिकाउन र आम प्रवासी नेपाली लाइ मनोरञ्जन दिने उदेश्य रहेको आयोजक समिति ले नेपाल प्रेस खबर लाइ जानकारी दिएको छ ।

बिगत मा विभिन्न संघसंस्था ले विभिन्न कार्यक्रम आयोजना गरे पनि भैरव नाच प्रस्तुति आयोजना दिल्ली मा पोहिलो पटक हो कार्यक्रम को आयोजक नेपाल आवाज दैनिक पत्रीका रहेको छ भने प्रायोजक बि पि कोइरला फाउन्डेसन दिल्ली र युनाइटेड को ओप्रेटिब सोसाइटी रहेको आयोजक समिती का प्रतिनिधि बिसणु के सि, बिके कृष्ण, राज सर्मा लागायत ले जानकारी दिनु भएको छ। सबै कार्यक्रम मा उपस्थिति जनाइ कार्यक्रम को सोभा बडाइदिनु हुन समेत आयोजक समितीले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation