
कमला सापकोटा पौडेल
वाणगंगा, २२ कार्तिक
होराइजन अङ्ग्रेजी आवासीय मा. बि.मा भव्यताका साथ देउसी भैलो खेलिएको छ ।
दिपावलीको अवसरमा विद्यालयले आयोजना गरेको अन्तर सदनात्मक देउसीभैलो प्रतियोगिता कार्यक्रममा सहभागीहरुले देउसी भैलो खेलेका हुन् ।
उनीहरूले आफ्नो प्रस्तुतिमा तिहारको महत्वलाई दर्शाएका थिए। कार्यक्रम प्राचार्य बासुदेव घिमिरेको अध्यक्षता र प्रा वि तह संयोजक पदमपाणी ढुंगानाको सञ्चालनमा सम्पन्न भएको थियो।
विभिन्न चार सदन सहभागी सो प्रतियोगितामा हरियो सदनले प्रथम स्थान हासिल गरेको छ।