हाेटेल ब्यवसायी संघकाे हाेली मिलन कार्यक्रम सम्पन्न 

सैनामैना हाेटेल ब्यवसायी संघकाे आयाेजामा हाेलीकाे अवसरमा हाेली मिलन कार्यक्रम आयाेजना गरेकाे छ ।

हाेली पर्व एक पाैराणिक पर्व भएकोले सबैले एक आपसमा सद्भाव कायम गर्दै रंगकाे पर्व सबैले उल्लासमै तरिकाले हाेली मनाउन सैनामैना नगर पालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले शुभकामना ब्यक्त गर्दै बताउनु भएको छ ।

हाेली एउटा भाईचारा, सदभाव र रंगकाे पर्व भएको र यसकाे आफ्नै धार्मिक मान्यता रहेकाेले सबैले सब्भ र मर्यादित भएर हाेली पर्व मनाउन सैनामैनाका संस्थापक नगर प्रमुख चित्र बहादुर कार्कीले आग्रह गर्नु भएको छ । साथै हाेलीकाे अवसरमा कार्कीले सबैमा शुभकामना समेत ब्यक्त गर्नु भएको थियाे ।

सैनामैनामा उपप्रमुख विना रानाले हाेली पर्वकाे शुभकामना ब्यक्त गर्दै यस प्रकारकाे कार्यक्रमले सबैमा एक भएर संगै सहकार्य गरेर अगाडि बढ्ने भावनाकाे बिकास हुने बताउनु भयाे ।

हाेली पर्वकाे अवसरमा सबै हाेटेल ब्यवसायीहरु, जनप्रतिनिधि समाजसेवी लगायत सबैसंग सद्भाव पुर्ण भावनाकाे बिकास गर्न र रंगकाे पर्व एक आपसमा मनाउने उद्देश्यले हाेली मिलन कार्यक्रम आयाेजना गरिएको सैनामैना हाेटेल तथा रेष्टुरेन्ट ब्यवसायी संघ सैनामैनाका अध्यक्ष झबिन्द्र पाेखरेलले बताउनु भएकाे छ ।

कार्यक्रममा सैनामैनाका वडाअध्यक्ष राम प्रसाद भुषाल, कृष्ण प्रसाद घिमिरे, सैनामैना उधाेग बाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्का, सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पाैडेल , उपभोक्ता हित संरक्षण मंच सैनामैनाका अध्यक्ष दुर्गा गाैतम, हाेटेल ब्यवसायी संघका केन्द्रीय सचिव नारायण सेन, हाेटेल ब्यवसायी संघ सैनामैनाका संरक्षक ढुण्डी न्याैपाने लगायतले हाेली पर्वकाे शुभकामना ब्यक्त गर्नु भएको थियाे

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation