शुद्धोधन गाँउ पालिकले दोस्रो चौमासिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

दिनेश प्रसाद लोध, लुम्बिनी
रुपन्देहीको शुद्धोधन गाउँपालिकाको संचालित योजना तथा कार्यक्रमहरुको दोस्रो चौमासिक प्रगति समिक्षा कार्यक्रम कार्यालयको सभाहलमा सम्पन्न गरेको छ।

गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा भएको २०८०रमंसिर १ गतेदेखि फागुन ३० गतेसम्मको दोस्रो चौमासिक प्रगति समिक्षा कार्यक्रममा सातै वडाका वडा अध्यक्षहरुको उपस्थितिमा भएको समिक्षा कार्यक्रममा गाउँपालिकाका बिषयगत शाखा प्रमुख वडा सचिवहरुले संचालन भएका योजना,कार्यक्रम सहित भौतिक र आर्थिक प्रगति प्रस्तुत गरेको थिए । शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले समिक्षामा आएको सबैै सुझावलाई ग्रहण गरि जनताको माग र आवश्यकताको आधारमा विकास निमार्णको कामलाई अगाडी बढाउन निर्देशन दिनुभएको थियो । उहाँले बजेट कार्यान्वयनलाई उपलब्धि मूलक बनाउने र गाउँपालिकाका गतिविधि जनताको सहभागीता बाटै अगाडी वढ्ने बताउनुभयो ।

चौमासिक प्रगती समिक्षा कार्यक्रममा उठेका सवालको जवाफ दिदैँ प्रमुख प्रसाशकिय अधिकृत विष्णुबहादुर घर्तीले गाउँपालिकाले प्रवाह गर्ने सेवा सरल,सहज,छिटो,छरितो र चुस्त दुस्त बनाउन पालिकाको सबै टिमनै प्रतिबद्ध रहेको र अगामी दिन हरुमा पनि सेवाग्राहीलाई मुस्कान सहितको सेवा प्रदान गरिने बताउनु भयो। शुद्धोधन गाउँपालिका २ का वडा अध्यक्ष कमल खड्का,३ का वडा अध्यक्ष हेम खड्का,४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रब्क्ता केशवप्रसाद अधिकारी,५ का वडा अध्यक्ष चन्द्रभान चौधरी,६ का वडा अध्यक्ष उपेन्द्र शाहानी,७ का का,बा,वडा अध्यक्ष भीमनारायण चौधरी लगायतले पालिकाका जनप्रतिनिधि र कर्मचारी हरु एक जुट भएरै पालिकाको विकासको निम्ति लागि पर्नेमा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation