बैदेशिक रोजगारीमा लैजाने भनी ठगि गर्ने पक्राउ

 २१ बैशाख २०७७, कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ४ हरिहरपुरका विनोद भुसाल आइतबार विहान पक्राउ परेका छन् । उनले बैदेशिक रोजगारीमा लैजान्छु भन्दै ठगि गर्ने एक व्यक्ति पक्राउ परेका हुन । भुसालले बैदेशिक रोजगारीमा लैजान्छु भन्दै दर्ज नौं व्यक्तिलाई करोडौं रुपैयाँ ठगेको आरोप थियो ।

उनी पछिल्लो समय प्रहरीको फरार सुचिमा थिए । हालै मात्र जिल्ला प्रहरी कार्यालय दाङमा उनीमाथि रकम ठगि गरेको उजुरी परेको थियो । उक्त उजुरी उपर इलाका प्रहरी कार्यालय पिपराले भुसाल माथि सुक्ष्म अनुसन्धान गरि रहेको थियो ।

कपिलवस्तु, गुल्मी, पोखरा, मुस्ताङ लगायतका स्थानमा उनी छन् भन्ने आधारमा उनलाई इलाका प्रहरी कार्यालय पिपराले अनुसन्धान गरि रहेको थियो । यी जिल्लाका सर्वसाधारणबाट उनले रकम ठगि गरेको आरोप छ । उनलाई खोज्न प्रत्येक जिल्लामा दुई दुई जना सुरक्षाकर्मी परिचालन गरी अनुसन्धान गरिरहेको अवस्थामा आइतबार विहान पश्चिमबाट पुर्व तर्फ जादै गरेको गोप्य सुचना थाहाँ पाए पछि चेकिङ्गको क्रममा वैरिया चोकबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई आइतबार नै जिल्ला प्रहरी कार्यालय दाङको जिम्मा लगाउने तयारी भैरहेको छ ।

उनी माथि गुल्मी, पोखरा, मुस्ताङका विभिन्न व्यक्तिबाट उनले रकम ठगि गरेको आरोप छ । उनले अमेरिका र युरोपियन मुलुकका विभिन्न देशमा पठाउँने भन्दै ठग्दै आएका थिए ।
पछिल्लो समय रकम ठगिबाटै करोडौं रकमका मालिक बन्न पुगेका उनले अनलाइनबाट बैदेशिक रोजगारीमा पठाउँछु भन्दै धन्दा चलाइरहेका थिए भने कतिपयलाई प्रत्यक्ष भेटेर रकम बुज्ने गरेका थिए । उनले आधिकारीक रुपमा दर्ता गरेर म्यानपावर सञ्चालन गरेको पाईदैन् । म्यानपावर एजेन्टको रुपमा काम गर्दै आएका उनी अन्नतः आइतबार विहान मात्र प्रहरीको फन्दामा परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation