विश्व शिक्षक दिवसको उपलक्ष्यमा शुभकामना

 

भनिन्छ कि जहाँ शिक्षकको सम्मान हुन्छ त्यहाँ शिक्षाको विकास हुन्छ।

सम्पूर्णमा नमस्कार म दिनेश कुमार गुप्ता। म एउटा मोटिभेसनल स्पिकर educational speaker inspirational speaker हुँ। विश्व शिक्षक दिवसको विश्वभरकै शिक्षकहरूमा हृदयको गहिराईबाट धेरै धेरै शुभकामना। मान्छे जन्म लिइसकेपछि मान्छे आफ्नो जीवन यापन गर्नका लागि सबैभन्दा महत्वपूर्ण अङ्गहरू मध्ये शिक्षा पनि एक हो। मान्छेले शिक्षा ग्रहण गरेर आफ्नो जीवनमा सफलताको शिखरमा चढ्छ। शिक्षा नै जीवनको ज्योति हो।

शिक्षा ग्रहण गर्नका लागि हामी निरन्तर प्रयास र मेहनत गर्नुपर्छ। तर हाम्रो प्रयास र मेहनतलाई निरन्तरता दिनुहुने सबैभन्दा महत्वपूर्ण व्यक्तित्व भनेको शिक्षक हुन्। भनिन्छ कि यो संसारमा सबैभन्दा ठूलो परिवर्तन तीनजना व्यक्तिले लाउन सक्नुहुन्छ। पहिलो आमा दोस्रो बुवा र तेस्रो शिक्षक यो संसारलाई चलाउने यी तीन महत्वपूर्ण व्यक्तित्वहरु हुन्। यो भनाइ यो भनाइ एपिजे अब्दुल कलामको हो। सामान्यता हामी शिक्षक भनेको विद्यार्थीहरूलाई शिक्षा दिने व्यक्ति बुझ्छौं तर वास्तविक रुपमा शिक्षक प्रत्येक विद्यार्थीको लागि परमात्माको रूप हुन्। जसले यो जीवनमा कसरी सफलता पाउने खुसियाली जीवन कसरी जिउने आफ्नो क्षमतालाई कसरी पहिचान गर्ने आफ्नो देशलाई उन्नतितर्फ कसरी लैजाने लगायत विभिन्न विषयहरूको बारेमा हामीलाई संसारको सबैभन्दा महत्वपूर्ण ज्ञान दिनुहुन्छ इतिहासले भन्छ यो संसार आज यति धेरै प्रविधि विकास हुनुको पछाडि सबैभन्दा ठूलो हात शिक्षाको नै छ। किनभने शिक्षकले हामीलाई हरेक विषयवस्तुको ज्ञान दिनुहुन्छ हामी आफ्नो क्षमता अनुसारको ज्ञान ग्रहण गर्छौं। एउटा शिक्षक जस्तो भएपनि तर आफ्नो विद्यार्थीहरूलाई जहिले पनि सकारात्मक बाटो नै सिकाउनुहुन्छ सबभन्दा महत्वपूर्ण चिज एउटा शिक्षकको यही हो । उदाहरणको लागि हामी बुझ्न सक्छौं कि एउटा शिक्षक आफ्नो स्वभाव बानी व्यहोरा थोरै बिग्रिएको छ भने तर आफू जस्तो भएपनि आफ्नो विद्यार्थीलाई जहिले पनि उन्नति र प्रगति तर्फ कसरी जाने भन्ने विषयवस्तुको ज्ञान दिनुहुन्छ। शिक्षक भनेको परमात्माका रुप हुन्।

हामी शिक्षक शिक्षकहरूलाई जहिले पनि सम्मान दिनुपर्छ। उहाँको आत्मबल बढाउनुपर्छ ताकि उहाँहरुले अझै विद्यार्थीहरुलाई कसरी जीवनमा सफलता हासिल गर्न सकिन्छ भन्ने विषयमा जोड दिउँ। हामी विद्यार्थीहरुलाई यो देशको मेरुदण्ड मान्छौं। तर त्यो मेरो डन्डर बनाउनुको पछाडिको सबैभन्दा महत्वपूर्ण भूमिका शिक्षकहरूकै हुन्छ। त्यसैले भनिन्छ कि जुन देशमा शिक्षकहरूको सम्मान हुन्छ। त्यो देश सधैँ उन्नतितर्फ जान्छ हामी यदि कुनै पनि देशको उन्नति वा प्रगति चाहन्छौ भने शिक्षकको भावना बुझी शिक्षकज्यूहरूलाई जहिले पनि प्रोत्साहन र सम्मान दिनुपर्छ।यो कुरा हाम्रो समाजका प्रत्येक नागरिक हरूलाई थाहा हुनुपर्छ। र पुन म विश्व शिक्षक दिवसको विश्वका सम्पूर्ण शिक्षकहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। सबैको कल्याण होस्। सबैको मङ्गलमय होस्। धन्यवाद।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation