विदेशबाट आएकालाई ब्यवस्थापनमा नेकपा यशोधरा अध्यक्ष हजरत अलि सक्रिय

विश्वव्यापी महामारी कोभिड १९ र लकडाउन ले गर्दा सृजना भयेको त्रास तथा भारत मा खुकिलो भयेको बन्दा बन्दी ले गर्दा सीमावर्ती गांव तथा कपिलवस्तु जिल्ला को स्थिति नै भयभीत हुँदै गएको छ,
आज मात्र सैकडों नेपालीहरू भारत बाट नेपाल प्रवेश गर्न खोजेको, कपिलवस्तु को मर्यादपुर नाका मा पनि ५० भन्दा बढी नेपाली हरू सुरक्षा कर्मी को नियंत्रण मा रहेको जानकारी मुस्लिम आयोग द्वारा गठित अनुगमन समिति को संयोजक गूठी संसथान का केन्द्रिय सदस्य तथा नेकपा यशोधरा गांउकमिटी को अध्यक्ष हजरत अली खान ले जानकारी दिनु भयो,
कैयो दिन को कठिन यात्रा गरि सीमा सम्म पुगेका आगंतुक हरूमा बिस्कुट र पानी वितरण गरि समिति का संयोजक हजरत अली ले उनी हरूलाई नेपाल सरकार तथा स्थानिय प्रशासन को आदेशानुसार बसनुहुन निवेदन समेत गर्नु भयो।।

नेकपा यशोधरा गांउकमिटी को अध्यक्ष हजरत अली खान ज्युले भारत बाट आएका नेपालीहरु लाई व्यवस्थित ढंगले हरेक अवश्यक सुख सुविधा लगायत क्वारेंटाइन को व्यवस्था को लागी स्थानीय सरकारलाई अनुरोध समेत गर्नूभयेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation