लकडाउनमा सहर सजाउँदै नगर प्रहरी (फोटो फिचर)

बैशाख ३०, २०७७

काठमाडौं : देशमा लकडाउन चलिरहँदा काठमाडौं उपत्यकालाई सिंगार्ने अभियान रोकिएको छैन। सडक डिभिजनले काठमाडौंका मूलदेखि भित्री सडकलाई समेत धमाधम स्तरोन्‍नति गरिरहँदा महानगरपालिका पनि सक्रिय भइरहेको छ।

कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई राहत अभियान चलिरहेका बेला महानगरपालिकाले काठमाडौंका सडकको बीच र दायाँबायाँ रहेका बगैँचा सजाउने अभियान पनि चलाइरहेको छ। माइतीघर मण्डलदेखि तीनकुने-कोटेश्‍वरसम्मको सडक क्षेत्रका बगैँचालाई चिटिक्क बनाउन थालिएको हो। लकडाउनमा काठमाडौं उपत्यकाका सडकमा न्यून संख्यामा सवारी साधन चलेको फाइदा उठाउँदै यस्तो अभियान चलाइएको हो। 

सडकलाई सफा र बगैंचालाई चिटिक्क बनाइराख्न यस्तो अभियान चलाइएको हो।  सडक किनारा र बीचका बोटबिरुवाको हाँगा बढेकाले त्यसको छाँटकाट गरिएको काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए। आइल्याण्डमा बिरुवा बढेर सुन्दरता बिग्रनुका साथै सवारीसाधन चलाउन पनि समस्या भएकोले काटछाँट गरिएको सापकोटाले जानकारी दीए।

‘लकडाउनको अवधिमा नगर प्रहरीको अन्य  काम कम हुने भएकोले बोटबिरुवामा गोडमेलमा लागेको हौं,’ सापकोटाले भने,’ करिब ५० जना नगर प्रहरीले काम गरिरहेको छन्।’ सापकोटाले भने। तीन चार दिन लगातार यो काम गर्ने उनले जानकारी दिए। //थाहा खबर//

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation