विजयनगरमा ५० जनामा गरिएको पिसिआर परिक्षण नेगेटिभ

राम प्रघट कोरी बैशाख ३१ गते –विजयनगर,

कपिलवस्तुको विजयनगर गाउँपालिकामा ५० जनामा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । आइतवार २८ गते ५० जनामा पिसिआर स्वाब संकलन गरी कोरोना परिक्षण अस्पताल भैरहवामा पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका सम्पर्क व्यक्ति कुमार थापाले जानकारी दिनुभएको छ ।

आज बिहान ६ बजे आएको सुचना अनुसार सबै रिपोर्ट नेगेटिभ आएको हो । भारतको महाराष्ट्रको मुम्बई, पुणे लगायत विभिन्न ठाउँबाट आइ गाउँपालिका नजिकै रहेको दशगजा क्षेत्रमा उनीहरुलाई राखिएको थिथो ।

त्यस्तै सोमवार २९ गते सोही स्थानबाट २६ जनाको स्वाब संकलन गरिएकोमा पिसिआर परिक्षण भइरहेको थापाले बताउनुभयो । सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको भन्दै सुम्पूर्ण नागरिकलाई नअत्तिन र लकडाउनको पूर्ण पालना गर्न गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले अनुरोध गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation