बन्दाबन्दी पद्दिको नेपाल भोकमरी र भयाभव


नेपालमा चीनबाट मिति २०७६ माघ ९ गते आएका नागरिकमा देखा परेको कोरोना (Covid-19),चीनको बुहान शहरमा पहिलो पटक देखा परेको थियो । विश्व अर्थतन्त्रमा उदाउँदो सूर्यको रुपमा रहेको चीन जस्तो राष्ट्रलाई उक्त रोगबाट बच्न र आफ्ना आम नागरिकलाई बचाउन प्रयास गरिरहदा पनि देशमा ४,६३३ जना नागरिकको ज्यान गएको थियो यद्यपी छिटफुट केसहरु देखा परेतापनि हाल चीनमा कोरोना पूर्ण रुपमा नियन्त्रणमा आईसकेको छ । दैनिक क्रियाकलाप तथा आर्थिक गतिविधिहरु सुचारु भैसकेका छन । उद्योग कलकारखाना ,व्यापार ,व्यावसाय सञ्चालनमा आइसकेका छन । जनजीवन सामान्य भईसकेको अवस्था छ ।


उता विश्व साम्राज्यबादको बादसाह अमेरिका जसले चीन भयाभव स्थितिमा रहेको अवस्थामा कोरोेनाबाट बच्ने उपायहरु अवलम्बन गर्नुको साटो उल्टै चाईना भाईरस भनि चीनलाई गिज्याई रह्यो फलस्वरुप चीनमा देखीएको उक्त भाईरस अमेरिकामा पनि मा देखा पर्यो । अमेरिकाका विभिन्न राज्यहरु सङ्गै अमेरिकाको मुटुको रुपमा रहेको न्यूर्योक अहिले यस भाईरसबाट आक्रान्त भएको छ लाखौ नागरिक कोरोनाबाट संक्रमित रहेका छन आज सम्म विश्वभरी ४३,५५,४५५ जनामा संक्रमण देखिएको छ भने २,९३,०८८ जनाको मृत्यु भैसकेको छ बाँकी १६,१०,४२१ जना निको भई घर फकेको अवस्था छ । बढी मृत्युदरकै कुरा गर्ने हो भने हालसम्म अमेरिकामा ८३,४२५ मानिसहरुको मृत्यु भएको छ । बेलायतमा ३२,६९२ जना , इटालीमा ३०,९११त्जना यस्तै गरी स्पेनमा २६,९२० जना , फ्रान्स २६,९९१ जनाको मृत्यु भैसकेको छ बेलायतमा भने,विश्वभरी संक्रमण बढ्दो र मर्ने क्रम पनि जारी नै रहेको छ । विश्व अर्थतन्त्रको मालिकको रुपमा रहेको अमेरिकाले त यस भयाभव स्थितिलाई नियन्त्रण्मा लिन सकिरहेको छैन । दैनिक जनजीवनहरु तहसनहस भएका छन । यतिमात्र हैन विश्वका अन्य शक्तिशाली राष्टहरु बेलाएत,जापान,ईटालि,जर्मन, भारत,फ्रान्स,रुस जस्ता देशहरुले पनि कोरोना संग पैँठेजोरी खेलिरहेका छन । दैनिक गतिविधिहरुलाई नियन्त्रणमा राख्दै नागरिकको रक्षामा राम्रा राम्रा राहतका प्याकेजहरु ल्याईरहेका छन । आर्थिक गतिविधिहरु धरासायी भएका छन । उद्योग कलकारखाना व्यापापार व्यावसाय पूर्णतया बन्द भै सकेका छन । तिब्र रुपमा बेरोजगारका समस्याहरु देखिएका छन यद्यपी यी देशहरुले रुमजिवी नागरिकहरुलाई आकर्षक राहत सुविधा तथा बेरोजगारी भत्ता समेत दिन सकेका छन । लाखौ नागरिकहरु बेरोजगार भई बस्नु परेको अवस्था छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड १९)ले नेपाल पनि अछुतो रहन सकेन । बेरोजगारी समस्याले गर्दा आक्रान्त भएका नेपाली नागरिक पेट पाल्नकै लागी भए पनि भारत लगायत तेस्रो मुलुकमा जानुपर्ने बाध्यात्मक परिस्थितिका कारण नेपालमा कोरोना संक्रमण देखिएको अवस्था हो । सम्पूर्ण राष्ट्रवादी न्याय प्रेमी एवम राजनितिक दलले एक अर्काप्रति दोसारोपण नगरी वर्तमान अवस्थामा सरकारलाई साथ दिएर सरकारले पनि सर्बदलिए संयन्त्र गठन गरी यो विषम परिस्थिलाई चिर्दै बन्दाबन्दी पछिको बेरोजगारी समस्यालाई समाधान गर्न एक जुट भएर लाग्न पर्ने आवश्यकता देखिएको छ । बेरोजगारी तथा कमजोर अर्थतन्त्र राजनितिक अस्थिरताको कारण नेपालीहरु रोजगारीकालागी विदेसिनु बाध्यता हो । लाखौ नेपालीहरु रोजगारीका लागी विदेशी भूमिमा श्रम पसिना बगाउन बाध्य छन । नेपालको बलियो अर्थतन्त्र रेमिट्यान्स नै हो यसमा दुइ मत छैन । विश्व कोरोनाले आक्रान्त भएको छ ।रोजगारीका अवसरहरु सबै धरासाई भएका छन । यसको प्रत्यक्ष प्रभाव नेपालको अर्थतन्त्रमा पर्ने देखिन्छ । नेपालको अर्थतन्त्रको बलियो आधारको रुपमा रहेको रेमिट्यान्स रोकिन लागको करिब दुई महिना भै सकेको अवस्था छ । सयौ नेपालीका लासहरु विदेशमा बाकसमा छन भने आफ्नो मातृभूमिको पर्खामा बसेका छन त्यौ व्यवस्थापन एउटा चुनौतिको रुपमा रहेको छ यस्तै कारहणहरु नेपाली श्रमिकहरु बेरोजगार भै बसिरहने अवस्था पनि हुदैन यता यता नेपालमा रोजगारका कुनै अवसरहरु श्रृजना हुन सक्ने अवस्था पनि देखिदैन । नेपालमै भएका उद्योग ,कलकारखाना, व्यापार पर्यटन व्यावयाय,लगायतका सम्पूर्णको अवस्था देखेर चिन्तित तुल्याएको छ । ंसंगठीत तथा असंगठित निजि तथा गैरसरकारी क्षेत्रका श्रमिकहरु पूर्णतया बेरोजगार भएका छन । लामो समयको बन्दाबन्दीले श्रमिकहरु मात्रै नभई ब्यापार व्यावसायीलाई समेत थेग्न गाह्रो भएको अवस्था छ । मानिस रोगबाट भन्दा खाना नपाएर मर्न पर्ने अवस्था सृजना भएको छ । बन्दाबन्दीको कारण मानिस खान नपाएर छटपटाई रहेका छन । एक छाक खाएर पनि बाँचीरहेका छन । हामी कता गईरहेका छौ यसमा राज्यले विचार पुराएको खै त ? शोषित ,पीडीत,श्रमिक,गरिब ,जातीय तथा बर्गिए समानताका लागी दश बर्षे जनयुद्ध तथा २०६२÷२०६३ को जनआन्दोलनले ल्याएको गणतन्त्र के यही असमानताको लागी थियो त ? यो कोरोनाको भयाभव स्थितिमा पनि राहत जस्तो संवेदनशील कार्यलाई पनि भोट बैङ्कका रुपमा मात्रै प्रयोग गर्ने त ?प्राय स्थानिय तहहरुले दलका कार्यकर्ता तथा आफन्त ,नातागोता खोजेर राहत वितरण गरिहरेका छन त कतिपए ठाउँमा गुणस्तर हिन राहत सामागी्रहरु वितरण गरिरहेका छन । जनतामा राज्य सञ्चालक ,राजनीतिक दल प्रति वितृष्णा जगाएको छ । आम नागरिकहरुले सरकारको काम कार्य प्रति तिब्र असँन्तुष्ट जनाएको पाईन्छ । बन्दाबन्दीको कारण यहाँ कुनै कृषि बजार खुलेका छैनन । कृषि जन्य बालीको उत्पादन हुँदा हुँदै पनि राज्यको व्यवस्थापकीय पक्षको कमजोरीका कारण खेतमै कुहिन थालेको समाचार सुनिईरहदाँ त्यसको पीडा,मार,चोट वास्तविक किसानलाई मात्र परेको छ । देशमा बन्दा बन्दी कायम रहदाँ स्वदेशी उत्पादनलाई प्रयोग गर्दै कृषकहरुको प्रोत्साहन गर्नु पर्नेमा उल्टै भातबाट अरबौ मुल्यको तरकारी जन्य बस्तु खरिद गर्नुले नेपाली अर्थतन्त्र धरासार्ई हुने सुनिश्चित देखिएको छ । न त देशमा कुनै आर्थिक गतिविधि सुचारु रहेको अवस्था छ न त रेमिट्यान्स भित्रीएको अवस्था छ । यस्तो विषम परिस्थितिमा राज्यले बाह्य मुलुकबाट आयात गर्नु नेपालकै लागि गलाको पासो बन्ने अवस्था देखिन्छ ।
राज्यले अझैसम्म कोरोनाबाट बच्न बन्दाबन्दी गर्नु बाहेक कुनै प्रशंसा गर्न लाएक काम गरेन भन्ने आम जन गुनासो आईरहेको छ । यद्यपी कतिपय ठाँउमा जनप्रतिनिधि,समाजसेवी स्थानिय समुदायको सक्रियतामा छोटो अवधिमै सुविधायुक्त अस्थायी उपचार केन्द्र निर्माण गरेको पाईन्द । कोरोना उपचारको लागी अस्थायी रुपमा स्थापना गरिएका अस्पतालहरुमा कोरोना परीक्षण गर्ने किटको अभाव श्रृजना भएको छ । यस प्रति राज्य गम्भिर हुनुपर्ने त्यो देखिएन राज्य केवल आन्तरिक कलह व्यवस्थापन गर्न तल्लिन रह्यो आम नागरिकको रक्षाका लागि संबेदनशील भएन भन्ने जनगुनासो आईरहेको छ । यस प्रति को जिम्मेबार हुने ? कुन सरकार बढी संबेदनशील हुन पर्ने? आफ्ना नागरिकको रक्षाका लागी प्रदेश सरकार तथा स्थानिय सरकारले केन्द्र सरकारको मुख ताक्नै पर्ने स्थिति नै हो ?भन्ने कुरामा आम नागरिकहरुको मनमा प्रश्न उब्जिएको छ । न त प्रदेश सरकारले आफ्ना नागरिको लागी गतिलो राहतको प्याकेज ल्याउन सकेको छ न त स्थानिय सरकारले नै । बन्दा बन्दी करिब ५२ दिन पुगि सक्दा पनि दैनिक श्रम गरेर जिविका निर्वाह गर्ने बर्गले खान पुग्ने गरी रातह पाएका छन न त कोरोनाको आशंकामा परीक्षण गर्न पाएका छन । न त बैदेशीक रोजगारीबाट आएका नागरिकहरुलाई क्यारेन्टाईनमा राख्न सकिएको छ न त भारतबाट आउने नागरिकको व्यावस्थापन गर्न सकिएको छ । कोरोना प्रबेश गरेको झण्डै दुइ महिना पुग्न लागी सक्दा पनि राज्यले कोरोनाबाट बच्नका लागी आवश्यक मात्रामा स्वास्थ्य सामाग्री समेत ल्याउन सकेको छैन सरकार आन्तरिक कलहमै लागेको नागरिकहरु बताउने गरेका छन । सुरुमा प्रदेश नं ३ को काठमाण्डौम्मा देखिएको कोरोना हाल नेपालका सबै प्रदेशहरुमा फैलिएको छ । राज्यका सातै प्रदेश मध्ये सबै प्रदेशमा कोरोना प्रबेश गरि सकेको छ । खासगरी खुला सीमानको कारण भारतबाट लुकी छिपी आउने नागरिक नियन्त्रण र उचित व्यवस्थापन गर्न नसक्दा प्रदेश नं ५ को बाँके कपिलबस्तु, तथा प्रदेश नं २ को पर्साको वीरगंजमा पनि भयाभव स्थिति सृजना हुने अवस्थमा पुगेको छ । सिङ्गो गाउँ नै यसबाट प्रभावित भएको छ । कतिपय जिल्लामा कफर््यू लगाएर मात्रै नभएर सेना समेत परिचालन गर्न परेको अवस्था छ । उता भारतबाट नेपाल प्रवेश गर्न चाहानेहरु सिमा नाकामा मौको छोपेर बसिरहेका छन । भारतले सरण दिन सकेको छैन हामी ल्याएर व्यवस्थापन गर्न सक्ने अवस्थामा क्वारेन्टाईन समेत निर्माण गर्न सकेका छैनौ । भारतका विभिन्न राज्यमा कोरोना आतङ्क मच्चिईरहेको छ भने ती राज्यबाट हजारौ नेपाली नेपाल आउन पर्खाइमा बसेका छन । खुला आकासमा भोक भोकै बस्न समेत बाध्य भएका छन । यदी भारतमा रहेका नेपाली नागरिक भारतीयको सहयोगमा नेपाल प्रवेश गरेमा त्यसको अवस्था कस्तो होला ? यो राज्यले सोच्न पर्ने कुरा होईन त ? न त हामी आवश्यक मात्रामा क्वारेन्टाईन निर्माण गर्न सकेका छौँ न त नियन्त्रण नै । यो त व्यवस्थापकीय कुरा भयो । खास कुरा त स्वास्थ्य कर्मिका लागी अति आवश्यक सुरक्षाका उपहरणहरु नै ल्याईएको छ । यसले के देखाउछ भने साच्चै नै कोरोनाले गति लियो भने नेपालले नियन्त्रणमा लिन सक्ने अवस्था रहदैन । यसर्थ रहेका क्वारेन्टाईनको व्यवस्थापन गर्दै राज्यमा थप क्वारेन्टाईन बनाउन आवश्यक देखिएको छ । प्रयाप्त मात्रामा च्ब्एक्ष्म् त्भ्क्त् प्क्ष्त् ल्याएर कोरोना संक्रमण देखिएका जिल्लाका सबै स्थानीय तहका नागरिकको परीक्षण गर्दै उपचार गर्नु पर्ने आवश्यकता देखिएको छ । अन्यथा संक्रमणले नेपाललाई जित्ने ठोकुवा गर्न सकिन्छ ।
गत माघ ९ गते चीनबाट नेपाल आएका १ जना नागरिकमा देखिएको कोरोना आज मिति २०७७ साल बैषाख मसान्त सम्म को आँकडा अनुसार २१९ जनामा देखिएको छ भने केही निको भएर घर फर्कि सकेको बताईन्छ । यद्यपी निको भएर घर फर्केका कतिपयमा पुनः कोरोना संक्रमण सकारात्मक देखिएको छ । यसबाट आम नागरिकमा त्रास उत्पन्न हुन सक्ने कुरा औल्याउन सकिन्छ । कोरोनको यो अवस्थाको कारण विश्व अर्थतन्त्र तहसनहस भएको अवस्था विधमान छ । जसको कारण सबै देशमा चरम बेरोजगार सृजना हुन सक्ने आकँलन गर्न सकिन्छ । रोजगारीमै रहेका नेपाली पनि बेरा्जगार भइ बसिरहेको अवस्था छ । ती देशहरुले नेपालीलाई रोजगारीमा नै राखिरहलान भन्ने विश्वास गर्न सकिदैन । यता नेपालमै बर्षेनी अनुमानित ३ ÷४ लाख बेरोजगारी बढ्ने तथ्याङकले देखाउछ । स्वदेशमै रहेका लाखौ बेरोजगार नागरिकलाई व्यवस्थापन गर्न नसकिएको अवस्थामा अझ बन्दाबन्दी पछिको आर्थिक मन्दीमा बैदेशीक रोजगारीमा गएका बीसौ लाख नागरिक स्वदेश फर्कन सक्ने अवस्था र ती सम्पुर्ण जनशक्ति पूर्ण रुपमा बेरोजगार नै रहने हँुदा बन्दाबन्दी पछि राज्यले व्यवस्थापन गर्न नसकेको अवस्थामा राज्यमा अरम आर्थिक मन्दी सृजना भई भोकमरी लाग्न सक्ने अवस्था औल्याईन्छ । किन की नेपाल भित्रै बर्षेनि लाखौ नागरिक बेरोजगार नै रहेको अवस्थामा बैदशेसीक रोजगारीमा रहेका लाखौ नेपाली आउदाँ राज्यको अवस्था कस्तो होला ? राज्यले बेरोजगारी अवस्थालाई धान्न सक्ला त ? जुन की राज्यको अर्थतन्त्रको रुपमा रहेको रेमिट्यान्स धरासाई बनाएको अर्थात पूर्ण रुपमा रोकिएको यो विषम परिस्थितिमा आम नागरिकले कसरी जिवीका निर्वाह गर्लान त ,राज्यले के सोचिरहेको छ ? भन्ने कुरा अहिले आम नागरिकको चिन्ता र चासोको विषय भएकोे छ । कोरोनको बर्तमान अवस्थालाई राज्यले बुझ्न नसके यसले निम्त्याउने संकट राज्यको नियन्त्रण बाहिर जाने सुनिश्चत छ यसबाट प्रष्ट हुन्छ की बन्दाबन्दी को कारण नेपालमा चरम आर्थिक संकट उत्पन्न हुन्छ फलस्वरुप नेपालमा भोकमरी सृजना हुने अनुमान गर्न सकिन्छ भने राज्यको व्यवस्थापकिय पक्ष कमजोर हँुदा कोरोना संक्रमण राज्यको नियन्त्रण बाहिर जान सक्ने अवस्था देखिएको हुँदा सरकार यथासिग्र राज्यको व्यवस्थापनमा जोड दिँदै कोरोना नियन्त्रण गर्न र उक्त अवस्था पछि राज्यमा उत्पन्न हुन सक्ने भोकमरी र बेरोजगारीको भयाभव अवस्थाको समाधानका उपाएहरु अवलम्बन गर्न आवश्यक देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation